धुलिखेल/महिलाहरुको महान् पर्व हरितालिकाका तीजको अवसर पारेर जनजागृति तरकारी तथा फलफुल सहकारी संस्थाले एक कार्यक्रमको आयोजना गरी तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।
गत शुक्रबार धुलिखेल नगरपालिकाको सभाहलमा सम्पन्न उक्त कार्यक्रमको उद्घाटन पूर्व अध्यक्ष राजु मगरले गर्नुभएको थियो । कार्यक्रममा स्थानीय कलाकारहरु सावित्री मगर, अमृता लुंगेली र अनिशा तामाङले आफ्नो गीतमार्फत बेजोड प्रस्तुति दिएका थिए । कार्यक्रममा संचालक समितिका पदाधिकारीहरु, विभिन्न समिति उपसमितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
संस्थाले आफ्नो वार्षिक कार्यतालिका अनुसार उक्त तीज विशेष कार्यक्रमको आयोजना गरेको संस्था लि.का अध्यक्ष पृथ्वीमान तामाङले बताउनुभयो । कार्यक्रममा धुलिखेल नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष गणेश आचार्य तथा संस्था लि.का महिला तथा बालबालिका समितिका संयोजक चिनिमाया लामाले शुभकामना मन्तव्य राख्नुभएको थिो । कार्यक्रमको अन्तमा सहभागि महिलाहरुको लागि दरको व्यवस्था गरिएको थियो । संस्था लि.का महिला दिदीबहिनीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।









