राष्ट्रिय युवा संघ नेपालको देशब्यापी अभियान १ युवा ५ बिरुवा बृक्षारोपन कार्यक्रम अन्र्तगत युवा संघ नेपाल धुलिखेल नगर कमिटीले पनि धुलिखेल नगरपालिकाको जोरसल्लो च्यनेपाटी च्यानडाडा धुलिखेल १ देबिटारमा बृक्षारोपण गरेको छ ।
बृक्षारोपण कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटीका अध्यक्ष तथा धुलिखेल नगरपालिका प्रमुख अशोक ब्यान्जुको प्रमुख आतिथ्यतामा रहेको थियो । प्रमुख अतिथी ब्यान्जुले रुख रोप्ने मात्रै नभई भएकालाई संरक्षण गर्नु पर्ने बताउनु भयो । बृक्षारोपण कार्यक्रममा युवा सघं नेपालका केन्द्रिय सदस्य मिलन लामा, जिल्ला कमिटी अध्यक्ष ईश्वर बल्दभ सापकोटा, नेकपा एमाले धुलिखेल नगर कमिटी अध्यक्ष दयाराम महत, नगरकमिटीका पद्याधिकारी युवाहरुको सहभागिता रहेको थियो । कार्यक्रम धुलिखेल नगरकमिटी अध्यक्ष आनन्द सागर योगलको सभापतित्वमा सम्पन्न भएको थियो ।









