2026 April 26/ 11:31: 37pm

बनेपा/क्षितिज इङ्गलिस बोडिङ्गको प्रि पाईमरी स्कुलमा कृष्ण अष्टमीको अवसरमा विद्यालयमै कन्या तथा कुमार पुजा गरिएको छ । 
संस्कृतिको जर्गेना तथा विद्यार्थीहरुलाई प्राविधिक ज्ञान मार्फत सिकाईकामा सहजा हुने प्रिन्सिपल लक्ष्मी पौड्यालले बताउनु भयो । विद्यालयमा अध्यनरत १८८ जनालाई पुजा गरिएको थियो । पौड्यालले उक्त कार्यक्रम आगामी वर्षहरुमा समेत निरन्तरता दिने बताउनु भयो । कार्यक्रममा विद्यालयका संस्थापक संरक्षक गोविन्दलाला प्रधानाङ्ग, सञ्चालक समिति अध्यक्ष हरिगोपाल प्रधानाङ्ग ब्यबस्थापन समिति अध्यक्ष उदयराम कायस्थ, प्रिन्सिपल लक्ष्मी पौड्याल सह ईन्चार्ज सुनिल कुमार चौधरी, शिक्षक शिक्षिका, विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।