बनेपा/श्री कृष्ण प्रणामी मन्दिर बनेपा–९ नयाँबस्तीमा रहेको मन्दिरको मुलगेटको उद्घाटन बनेपा नगरपालिका प्रमुख शान्ति रत्न शाक्यले गर्नु भएको छ । मन्दिरको भवन बनेको लामो समयसम्म पनि अधुरो रहेको गेट केहि दिन पहिले मात्रै निर्माण सम्पन्न भएको थियो ।
उक्त गेट निर्माण गर्न मन्दिरमा ट्रष्ट निर्माण र भवन बाहिर रङ्गरोगन गर्न नगरपालिकाले १० लाख रुपयमा प्रदान गरेको थियो । गेटमा मेटल प्रयोग गरिएको, कृष्णको मुर्ति राखिएको श्री कृष्ण प्रणामी युवा समिति बनेपा ईकाईका सचिब उद्धब तिमल्सिनाले जानकारी दिनुभयो । नगर प्रमुख शान्ति रत्न शाक्यले नगरपालिकाले सबै धर्म, जात जातीको सम्मान गर्दे संस्कृतिको संरक्षण गर्ने बताउनु भयो । संस्कृति नै र सम्पदा जोगाउनु नै नगरको सम्पति भएकाले सबैलाई समान रुपमा हेर्ने बताउनु भयो । कार्यक्रममा नगरपालिका उपप्रमुख विमला सापकोटा, वडा नम्बर ९का वडा अध्यक्ष नृपेश बादे, वडा सदस्य गणेश प्रसाद सापकोटा, श्री कृष्ण प्रणामी युवा समिती जिल्ला उपाध्यक्ष बद्री प्रसाद फुंयाल मन्दिरका संरक्षक टिका प्रसाद तिमल्सिना लगाएतले शुभकामना राख्नु भएको थियो । कार्यक्रममा श्री कृष्ण प्रणामी युवा समिती बनेपा ईकाईले श्रीकृष्ण अष्टमीको अवसर पारी रक्तदानको आयोजना गरेको थियो । नेपाल रेडक्रस सोसाईटीको प्राविधिक सहयोग रहेको थियो । कार्यक्रम श्री कृष्ण प्रणामी युवा समिती बनेपा ईकाईका अध्यक्ष हरी पराजुलिको सभापतित्व रहेको थियो ।









