साउदी/प्रवासी नेपाली एकता समाज पानसले प्रथम बार्षिक उत्सब समारोहमा बिष्णु घिमिरेलाई साउदी अरेबियामा सम्मान गरेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले घिमिरेलाई खादा सहित सम्मान गरेका थिए ।
आप्रवासी नेपाली श्रमिकहरुको समस्या न्युनिकरणका लागि निरन्तर रुपमा खटिनु भई बिभिन्न कारणले समस्यामा परेका नेपाली श्रमिक दाजु भाई दिदी बहिनीहरूलाई उद्दार तथा स्वदेश फिर्ताको लागि कुटनैतिक नियोगहरु तथा बिभिन्न संघ संस्था बीच समन्वयात्मक भूमिका निर्वाह गरि उदारणीय कार्य गरेको भन्दै सम्मान गरेको थियो । घिमिरेलाई यस अघि एनआरएन साउदीले सम्मान सहित प्रशंसा पत्र प्रदान गरेको थियो । काभ्रे कुशादेवी घिमिरे गाउँमा जन्मेका घिमिरे साउदीमा १२ बर्ष देखि श्रमिकको रुपमा कार्यरत छन भने उनी विभिन्न संचारमाध्यममा आवद्ध छन् ।









