2026 April 26/ 11:31: 39pm

बनेपा/क्यान महासंघ काभ्रे शाखाले १९ औं साधारण सभा तथा प्रोडक्टिभिटी अन क्लाउड सर्भिस एण्ड एप्लिकेशन आईसीटी सेमिनार कार्यक्रम सम्पन्न गरेको छ । 
बनेपा नगरपालिकाका नगर प्रमुख शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त साधारण सभामा सभापतित्व क्यान महांसघ काभ्रे शाखाका अध्यक्ष राम चन्द्र न्यौपानेले गर्नु भएको थियो । प्रमुख अतिथी शाक्यले सुचना प्रविधिमय हुनु पर्ने र काभ्रेका १३ वटै पालिकाहरुसँग समन्वय गरी सूचना प्रविधिका कार्यक्रम क्यान काभ्रेसँग समन्वय गरी अगाडी बढ्नुपर्ने बताउनु भयो । कार्यक्रममा क्यान महासंघका केन्द्रिय सचिव एवं डिजिटल ट्रान्सफर्मेशन समितिका संयोजक शेखरनाथ दुलाल, क्यान महासंघका केन्द्रिय सचिब बुद्धरत्न मानन्धर, उद्योग वाणिज्य संघका उपाध्यक्ष कैलाश पलान्चोके, प्याब्सन काभ्रेका अध्यक्ष श्याम भुजेल, एन (प्याब्सन काभ्रेका अध्यक्ष अग्नी ज्ञवाली लगायतले शुभकामना राख्नु भएको थियो । कार्यक्रम संचालन सचिव देबकी आचार्य दुलालले गर्नु भएको थियो । 
कार्यक्रममा डिजिटल ट्रांस्फर्मेशनको माध्यमबाट दैनिक डिजिटल गतिबिवधि, दैनिक कार्य ब्यवस्थापन, डाटा सुरक्षा र कम समयमा कामको प्रोडक्टिभिटी बृद्धि गर्ने उद्देश्य र लाखौं रुपियाँ तिरेर किन्नुपर्ने विश्वका चर्चित क्लाउड सर्भिस एप्लिकेशन करिब ३० संस्था संस्थाका करिब १०,००० सदस्यलाई क्यान महासंघको ऋक्च् अबधारणा अन्तर्गत निःशुल्क प्रदान गर्ने उदेश्य रहेको बताईएको थियो ।