बनेपा/जिल्लाकै एक मात्रै नर्सरी देखी मास्टर डिग्री सम्म पढाई हुने शैक्षिक ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान बनेपाले गत शनिबार कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत तथा कक्षा १२ र एस.ई.ई. २०७९मा उत्तिर्ण विद्यार्थीहरुलाई बिदाई गरेको छ ।
कार्यक्रम ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानका अध्यक्ष सुरकृष्ण बैद्यको सभापतित्वमा सम्पन्न भएको थियो भने सञ्चालक एवं प्रबन्ध निर्देशक प्रताप वैद्यले स्वागत मन्तव्य राख्नु भएको थियो । शैक्षिक प्रतिष्ठानका प्रबन्ध निर्देशक बैद्यले कक्षा ११ मा अध्ययन गर्न आउनुभएका नव आगन्तुक विद्यार्थीहरुलाई हार्दिक स्वागत तथा कक्षा १२ र एस.ई.ई २०७९ मा उत्तिर्णलाई बिदाई गरिएको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरकृष्ण वैद्यले शैक्षिक गुणस्तर, आधुनिक शिक्षण सिकाई, बैज्ञानिक ढंङ्गबाट अभिभावकहरुका छुटै पहिचान बनाउन सफल प्रतिष्ठान आगामी दिनहरुमा समेत अझै सशक्त र सबल हुने बिश्वास व्यक्त गर्नु भयो । बैद्यले विद्यार्थीहरुलाई स्वागत र सुनौलो भविष्यको कामना सहित सधै विद्यार्थीको जीवनले सफलता र लक्ष्य प्राप्तिका लागि प्रतिष्ठानले सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा विद्यालयका सहायक प्रिन्सिपल रत्नराज खतिवडाले सम्पूर्ण विद्यार्थीहरुलाई पढाईको साथ साथै अन्य क्षेत्रहरुमा पनि प्रतिष्पर्धामा क्षमता हाशिल गर्न सामाजिक, सांस्कृतिक, खेलकुद आदि समाजमा प्रत्यक्ष सरोकार राख्न र आगामी दिनहरुमा पनि ज्ञानकुञ्जबाट आफुले सिकेका अनुभवहरुलाई जीवन उपयोग बनाउँदै समाजमा नेतृत्वदायी व्यक्तित्व बन्ने बताउनु भयो । कार्यक्रममा प्रतिष्ठानका सञ्चालक आत्माराम थापा, सहायक क्याम्पस प्रमुख नवराज चौलागाई लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा विद्यार्थीहरुले साँस्कृतिक कार्यक्रमको समेत आयोजना गरेका थिए ।









