2026 April 26/ 11:31: 37pm

भब्य योग सभाहलको उद्घाटन
    बनेपा/पतञ्जली योग साधना केन्द्र बनेपा पुलबजारको १६ औं बार्षिकोत्सवको अवसरमा नयाँ योग सभा स्थलको उद्घाटन तथा विविध कार्यक्रम आयोजना गरिएको छ जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतमको प्रमुख आतिथ्यतमा सम्पन्न कार्यक्रममा योग मार्फत समुदायमा सकारात्मक सन्देशका साथै योग गरौ, निरोगी बनौ भन्ने अभियानलाई घर घर पु¥याउनु पर्ने बताए । 
    पतञ्जली योग साधना केन्द्र पुलबजारका संयोजक रेशम बादेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समन्वय समितिका प्रमुख दिपककुमार गौतम, बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्य, उपप्रमुख विमला सापकोटा, वडा अध्यक्ष चन्द्रबहादुर खड्का, पतञ्जली योग समिति बागमती प्रदेशका अध्यक्ष ग्रुवेन तौजले, सदस्य दमनकुमार श्रेष्ठ, जिल्लाका कावा अध्यक्ष प्रकाश कायश्थ, महिला समिति अध्यक्ष अनु श्रेष्ठ, युवा समिति अध्यक्ष रमेश श्रेष्ठ, हसंदा योग आश्रमका पञ्चशिल, ब्रम्हकुमारी राजयोग सेवा केन्द्रकी लक्ष्मी दिदी, रेडक्रस जनागाल उपशाखा सभापति यादव थापा तथा विभिन्न क्षेत्रका ब्यक्तिहरुले योगको माध्यमबाट समुदायमा पारिरहेको प्रभावका बारेमा चर्चा गर्दै घर घर र विद्यालय तहमा समेत योग संचालन गरी ब्यक्तिहरुमा बढिरहेको निराशालाई कम गर्दै स्वस्थ र निरोगी बनाउन पहल गर्नुपर्ने बताएका थिए । 
    १६ वर्ष अघि स्थापना भएको पुलबजार योग साधना केन्द्रले वडा कार्यालयको ब्यवस्थित र सम्पन्न भवनमा योग गराउन शुरु गरेको छ । वडा कार्यालयले उक्त सभा हलका लागि सहयोग उपलब्ध गराएको भन्दै अध्यक्ष चन्द्रबहादुर खड्कालाई धन्यवाद दिईएको थियो । कार्यक्रममा युवा तथा बालबालिकाहरुले योगको डेमो प्रस्तुत गरेका थिए । कार्यक्रम संयोजक योगसाधक भुवन कुँवरले संचालन गरेका थिए भने सविता मिश्रले स्वागत मन्तब्य ब्यक्त गर्नु भएको थियो । सहयोगीहरुलाई प्रशंशापत्रद्वारा सम्मान गरिएको थियो ।