2026 April 26/ 11:30: 22pm

    भ्रमण बनेपा/सिन्धु हेलम्बु यातायात सेवा प्रा. लि.ले आफ्ना व्यवसायीहरुलाई सिक्किमको गान्तोक शहरमा अवलोकन भ्रमण गराएको छ । अवलोकन भ्रमणसँगै ब्यबसायीहरुको भेलाको समेत आयोजना गरिएको थियो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका पूर्व अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले भेलाको उद्घाटन गर्नु भएको थियो । प्रमुख अतिथि कर्माचार्यले संस्था दर्ता ऐन अनुसार संचालित रहेका यातायात सेवा समितिलाई कम्पनी ऐन अनुसार संचालन गर्नु पर्ने सरकारको निर्णयलाई व्यवसायीहरुले आत्मसात गरी कम्पनी ऐन अनुसार संचालित भएको र कम्पनी ऐन अनुसार १०० जना सम्म मात्र शेयर सदस्य हुन पाउने व्यवस्थालाई महासंघको पहलमा समितिबाट रुपान्तरित भएमा यातायात सेवा कम्पनीहरुको शेयर सदस्यमा सय जना भन्दा बढी पनी रहन पाउने व्यवस्था मिलाएको बताउनु भयो ।
    कार्यक्रममा विशिष्त अतिथि नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्यले उद्योग व्यवसायी र यातायात व्यवसायीहरुको हकहितको लागी आफु प्रतिबद्ध रहेको बताउनु भयो । कार्यक्रममा अरनिको राजमार्ग यातायात समन्वय समितिका अध्यक्ष रमेश बैद्य, काभ्रे बस प्रा. लि. का अध्यक्ष वर्ण शाक्य, गणेश हिमाल तराई यातायात प्रा. लि. का अध्यक्ष आत्माराम थापा र काभ्रे पुण्यवती यातायात प्रा. लिका अध्यक्ष राजेश सुन्दर सैंजुले शुभकामना मन्तव्य राख्नु भएको थियो । 
    कार्यक्रममा सेवा प्रालिका अध्यक्ष तथा कार्यक्रमका सभापती राजेश कुमार श्रेष्ठले कोभिड, दुर्घटनाको र देशमा रहेको आर्थिक मन्दीको कारण यातायात व्यवसायीहरुलाई निकै जटिल स्थिति रहेको र यस्तो परिस्थितिमा पनी सिन्धु हेलम्बु यातायान सेवा प्रा. लि. ले आफ्नो कम्पनीमा आवद्ध व्यवसायीहरुलाई सक्दो राहत प्रदान गरिदै आएको बताउनुभयो । कार्यक्रममा स्वागत मन्तब्य संचालक श्याम कुमार श्रेष्ठ (मण्डन) ले र सञ्चालन सिन्धु हेलम्बु यातायात सेवा प्रा.लि.का कार्यालय प्रमुख मिलनभक्त श्रेष्ठले गर्नु भएको थियो ।