बनेपा/बनेपा स्थित नेपाल हार्ट फाउन्डेसनले कौशल्या मेमोरियल अस्पताल कोहलपुर बाँकेमा निःशुल्क बाथ रोग शिविर सम्पन्न गरेको छ । शिविरमा १ सय ३ इकोकार्डियोग्राम परीक्षण सहित १ सय ४५ बालबालिकालाई स्वास्थ्य सेवा प्रदान गरिएको थियो ।
चिकित्सा टोलीले ३ जना बालबालिकाहरुको जटिल रोगको पहिचान गरेको छ । गम्भिर प्रकृतिको एकजना र नियमित औषधी सेवन गर्ने खालका केहि छन् । काठमाडौं विश्वविद्यालय धुलिखेल अस्पतालका वरिष्ठ बाल रोग विशेषज्ञ तथा सहायक प्राध्यापक डा अनिश जोशी र कौशल मेमोरियल अस्पतालका दुईजना मेडिकल अफिसरको शिविरमा सहभागिता रहेको थियो । शिविर रोटरी क्लब अफ धुलिखेल नेपाल, रोटरी क्लब अफ गोङ्गबु, रोटरी क्लब अफ काभ्रे भ्याली, किवानिस क्लब अफ काभ्रे नेपाल, नेपाल हार्ट फाउन्डेसन बाँके नेपालगन्ज लगायत विभिन्न संघसंस्थाहरुले उक्त शिविरको लागि सहकायर्मा गरेका थिए । शिविरको संयोजकत्व रोटरी क्लब अफ धुलिखेलका पुर्व अध्यक्ष तथा नेपाल हृदयरोग निवारण प्रतिष्ठानका सभापति अशोककुमार श्रेष्ठले गर्नु भएको थियो ।









