पनौती/सहयात्रा देविस्थान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले संस्थाबाट संचालित दुईवटा दुग्ध संकलन केन्द्र मध्ये माहांकाल दुग्ध संकलन केन्द्रका ४२ जना कृषकहरुलाई आर्थिक वर्ष २०७८/०७९ को दुग्ध उत्पादनमा आधारित बाग्मती प्रदेश सरकारबाट प्राप्त प्रतिलिटर अनुदान रकम माहांकाल दुग्ध संकलन केन्द्रको आयोजनामा माहांकाल सेवाकेन्द्र प्राङ्गणमा वितरण गरिएको छ ।
कार्यक्रममा पनौती नगरपालिकाका उपप्रमुख गीता बञ्जाराको प्रमुख आतिथ्यतामा तथा संस्थाका अध्यक्ष गोविन्द प्रसाद न्यौपानको सभापतित्वमा सम्पन्न गरिएको थियो । प्रमुख अतिथि पनौती बन्जाराले हालसम्म नगरपालिकाले प्रदान गरेको सेवा सुबिधा र आम कृषक दाजुभाईको समस्यालाई नगरपालिकाले पहिचान गरि राहत तथा अन्य आवश्यक सहयोग गर्न नगरपालिका तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा पनौती नगरपालिका वडा नं ८ का वडा अध्यक्ष बेद प्रसाद बञ्जारा, कृषि तथा पशुपन्छि शाखा प्रमुख लीलानाथ सापकोटा लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रममा संस्थाका सदस्यहरु ,पदाधिकारी लगाएत कर्मचारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रम संचालन संस्थाका सचिव हरिशंकर तिमल्सिनाले गर्नु भएको थियो ।









