2026 April 26/ 11:31: 37pm

बनेपा/श्री कृष्ण प्रणामी सेवा समिति बनेपा इकाईको ९ औ अधिबेशनबाट हरि प्रसाद पराजुलीको अध्यक्षतामा नयाँ कार्य समितिको चयन भएको छ । 
    समितिको उपाध्यक्षमा प्रकाश अधिकारी र निर्मला तिमल्सिना, सचिव उद्धवप्रसाद तिमल्सिना, सह–सचिव प्रकाश भुर्तेल कोषाध्यक्ष रामशरण राउत सह–कोषाध्यक्ष राजन आचार्य, सदस्यहरुमा लक्ष्मी दाहाल, उमारुद्र काफ्ले, राधेश्याम काफ्ले, अम्बिका कार्की, कृष्णप्यारी सापकोटा र राधिका तिमल्सिना निर्विरोध निर्वाचित हुनु भएको छ । समितिको १५, १६ र १७ औ वार्षिक साधारण तथा ९ औ अधिबेशनको उद्घाटन श्री कृष्ण प्रणामी सेवा समितिका महासचिव नवराज कोईरालाले गर्नु भएको थियो । कार्यक्रममा बागमती प्रदेश यूवा परिषद अध्यक्ष बलराम बजगाई, काभ्रेका उपाध्यक्ष उद्धब प्रसाद नेपाल काभ्रेका संरक्षक बद्री प्रसाद फुयाँल लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो । 
    कार्यक्रममा समितिको वार्षिक प्रतिबेदन सचिव प्रकाश अधिकारीले आर्थिक प्रतिबेदन कोषाध्यक्ष दिनानाथ तिमल्सिनाले प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष लक्ष्मी दाहालले गर्नु भएको थियो भने सभापातित्व अध्यक्ष गणेश प्रसाद सापकोटाले गर्नु भएको थियो ।