2026 April 26/ 11:30: 23pm

पनौती/पनौती नगरपालिका द्वारा उत्कृष्ट बहुउद्देश्यीय सहकारीको रुपमा पुरस्कृत हुन सफल सहयात्रा देविस्थान बहुउद्देश्यीय सहकारी संस्था लि.ले विभिन्न खालका बहुउद्देश्यीय गतिबिधी संचालन गर्दै आएकोमा संस्थाबाट संचालित दुई वटा दुग्ध संकलन केन्द्र मध्ये महांकाल दुग्ध संकलन केन्द्रका ४२ जना कृषकहरुलाई आ.व २०७८/०७९ को दुग्ध उत्पादनमा आधारित बाग्मती प्रदेश सरकारबाट प्राप्त प्रतिलिटर अनुदान रकमलाई माहांकाल दुग्ध संकलन केन्द्रको आयोजनामा माहांकाल सेवाकेन्द्र प्राङ्गणमा वितरण गरेको छ । 
    कार्यक्रममा संस्थाका अध्यक्ष गोविन्दप्रसाद न्यौपानेको सभापतित्वमा पनौती नगरपालिकाका उपप्रमुख गिता बञ्जाराको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको थियो । कार्यक्रमको अतिथिहरुमा वडा नं ८ का वडा अध्यक्ष बेदप्रसाद बञ्जारा, कृषि तथा पशुपन्छि शाखा प्रमुख लीलानाथ सापकोटाको उपस्थिति रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि पनौती नगरपालिकाको उपप्रमुख गीता बन्जाराले हालसम्म नगरपालिकाले प्रदान गरेको सेवा सुबिधा र आम कृषक दाजुभाईको समस्यालाई नगरपालिकाले पहिचान गरि राहत तथा अन्य आवश्यक सहयोग गर्न नगरपालिका तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो । कृषि तथा पशुपन्छी शाखा प्रमुख लिलानाथ सापकोटाले गाई भैसीमा फैलिएको लम्पीस्किन रोगको रोकथाम तथा आवश्यक प्राबिधिक सहयोग र कम लागतमा गाई भैसीको दूध उत्पादन गर्ने कुरामा जोड दिनुभयो भने कार्यक्रमका अतिथी एवम् वडा नं ८ का वडा अध्यक्ष बेदप्रसाद बन्जाराले किसानहरुलाई बालिनालीका, रासायनिक मल तथा व्यवसायीक तरकारी खेती र पशुपालनमा समग्र कृषकलाई आग्रह गरे । संस्थाका सदस्यहरु ,पदाधिकारी लगाएत कर्मचारीहरुको उपस्थितिमा कार्यक्रम संचालन संस्थाका सचिव हरिशंकर तिमल्सिनाले गर्नु भएको थियो ।