2026 April 26/ 11:30: 24pm

शारदा बतासे/धुलिखेल नगरपालिका वडा नम्बर १० को आर्थिक वर्ष २०७९÷८० मा सम्पन्न भएका योजनाहरुको समिक्षा तथा वार्षिक कामहरुको बारेमा सार्वजानिक सुनुवाईको आयोजना गरिएको छ । 
    सार्वजानिक सुनुवाई कार्यक्रममा वडा अध्यक्ष गोविन्द प्रसाद उपाध्यायले आर्थिक वर्ष २०७९/०८० मा जम्मा २ करोड ७७ लाख ९ सय ७३ रुपया  विभिन्न शिर्षकबाट आम्दानी भएको जानकारी दिनुभयो । उपाध्यायले स्वास्थ्य चौकी ब्यबस्थापन, सडक स्तरनोती, जेष्ठ नागरीक उपचार खर्च, महिला क्षमता विकास कार्यक्रम, दलित भवन निर्माण, धार्मिक साँस्कृतिक कार्यक्रम, युवा तथा खेलकुद कार्यक्रम, बालमैत्री कार्यक्रम, जेष्ठ नागरिक महिला सम्मान, सुत्केरी प्रोत्साहन लगायतका विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको बताउनु भयो । त्यसैगरी उपाध्यायले आर्थिक वर्ष २०८०/८१ मा सञ्चालन हुने योजनाहरुका बारेमा जानकारी गराउनु भएको थियो ।
    सार्वजानिक सुनुवाई कार्यक्रममा स्थानियहरुले वडामा भएका विकास भनेको भौतिक विकास मात्रै भएको र कृषि, पशुमा कुनै योजना नल्याएको, युवा लक्षित कार्यक्रम नआएको, खाली बाटोमा मात्रै रकम छुट्टाएको बताएका थिए । नागरिकहरुले सबै क्षेत्रलाई समेटी अगाडी बढ्न सुझाव दिएका थिए । कार्यक्रममा धुलिखेल नगरपालिका उप प्रमुख निराजन जंगमको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा विभिन्न पार्टीका प्रतिनिधीहरु, पूर्व जनप्रतिनिधीहरु, स्वास्थ्यचौकीका ईन्चार्ज, विद्यालय व्यवस्थापनका अध्यक्ष तथा प्रध्यानाध्यापकहरु लगायतको सहभागिता रहेको थियो । कार्यक्रम वडा सचिव ईश्वर प्रसाद सापकोटाले सञ्चालन गर्नु भएको थियो । त्यसैगरी शारदाबतासे स्वास्थ्यचौकीले पनि चालु वर्षको कार्यक्रमको बारेमा सार्वजनिक सुनुवाई कार्यक्रम गरेको थियो ।