2026 April 26/ 11:30: 24pm

रोशी/रोशी गाउँपालिका अन्र्तगत रहेको स्वास्थ्य केन्द्रहरुको आर्थिक बर्ष २०७९/०८० को बार्षिक समिक्षा गोष्ठी भएको छ । गोष्ठिको  उद्घाटन रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले गर्नु भएको थियो । 
    लामाले बार्षिक समिक्षापछि आगामी वर्षका लागी उत्कृष्ट कार्ययोजना तयार पार्नको सुझाब दिनु भएको थियो । हामिले लक्षय अनुसारको काम गर्न सक्यौ कि सकेनौ, ‘समिक्षाबाट आगामी स्वास्थ्य सम्बन्धी एउटा कोशेढुंगा सावित हुने खालको कार्ययोजना बनाउनुहोला लामाले भन्नु भयो । 
    कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङ, स्वास्थ्य कार्यालय काभ्रेका जनस्वास्थ्य निरिक्षक दिपेन्द्रकाजी श्रेष्ठ, स्वास्थ्य शाखा प्रमुख गंगालाल श्रेष्ठ लगायतले  शुभकामना मन्तब्य राख्नु भएको थियो । गोष्ठिमा गाउँपालिका भित्रका भित्र १५ वटा स्वास्थ्य केन्दको सहभागिता रहेको थियो ।