धुलिखेल/रोटरी क्लब अफ धुलिखेलको संयोजकत्वमा रोटरी क्लब गोंगबु, रोटरी क्लब अफ काभ्रे भ्यालीले कौशल्या मेमोरियल अस्पताल कोहलपुरलाई इन्टेन्सिभ केयर यूनिट स्थापनाको लागि स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
उक्त अस्पताललाई भेन्टिलेटर मेसिन २ सेट, पेसेन्ट मोनिटर ५ सेट, आइ.सी.यू वेड ५, इन्फूजनपम्प ६ सेट, सिरिन्जपम्प ६ सेट सामाग्री रोटरी क्लब गोंगवु, रोटरी क्लब धुलिखेल, रोटरी क्लब अफ काभ्रे भ्यालीका प्रतिनिधीहरुले अस्पताल निर्देशक डा.चन्द्रमहतोलाई हस्तान्तरण गरेका थिए । रोटरी ग्लोवल ग्रान्ट न्न् द्दज्ञद्दठछढण् को लागि रोटरी क्लबअफ सिगांपूर, रोटरी क्लब अफ हङ्गकङ्गनर्थ इष्ट, रोटरी डिष्ट्रीकट घघज्ञण् र रोटरी न्यूजिल्याण्ड वर्ड कम्यूनिटी सर्विस र द रोटरी फाउण्डेशनबाट आर्थिक तथा प्राविधिक सहयोग जुटाइएको थियो ।
रोटरी क्लब अफ धुलिखेलका पूर्व अध्यक्ष्य रन्जिव श्रेष्ठ, अशोक कुमार श्रेष्ठ, रोटरी क्लब अफ काभ्रे भ्यालीका निवर्तमान अध्यक्ष्य अनुपकुमार श्रेष्ठले आन्तरिक श्रोत र परियोजनाको समयोजन गर्न पहल गर्नु भएको थियो । उक्त सहयोगबाट अस्पतालमा आउने जटील बिरामीहरुको उपचारमा विशेष सहयोग पुग्ने विश्वास लिईएको छ ।









