2026 April 26/ 11:30: 22pm

    बनेपा/हिमकाली समाजसेवा वचत तथा ऋण सहकारी संस्था लि. को २२ औं वार्षिक साधारण सभा काभ्रेपलाञ्चोक जिल्ला बचत संघका अध्यक्ष उदयराम कायस्थको प्रमुख अतिथ्यतामा सम्पन्न भएको छ । 
    प्रमुख अतिथी कायस्थले अहिले सहकारीहरुमा आर्थिक मन्दीले असर पारेको बताउनु भयो । केहि सहकारीहरुको खराब आचरणले गर्दा राम्रा सहकारीहरुमा समेत असर पुगेको कायस्थले बताउनु भयो । सहकारीको ऐन, नियम अनुसार सञ्चालन भएका सहकारीहरुमा कुनै समस्या नभएको र सदस्यहरुलाई ढुक्क सँग कारोबार गर्न आग्रह गर्नु भएको थियो । सभामा संस्थाको आर्थिक वर्ष २०७९÷०८० को बार्षिक प्रतिबेदन सचिब उत्तम आचार्यले आर्थिक प्रतिवेदन कोषाध्यक्ष कृष्ण प्रसाद शर्माले र लेखा तथा सुपरिबेक्षण समितिको प्रतिबेदन संयोजक श्रेय खनालले सभामा प्रस्तुत गर्नु भएको थियो । संस्थाको शेयर पुजी १ करोड ४९ लाख २७ हजार, ऋण लगानी ८ करोड ५ लाख ४६ हजार रहेको जनाएको छ  । 
    कार्यक्रमका सभापति तथा संस्थाका अध्यक्ष अर्जुन प्रसाद बजगाईंले “आपसी सहयोग, सद्भाव, विश्वास र एकता, आर्थिक,सामाजिक एवं सर्वाङ्गिण विकासको लागि सहकारीता” भन्ने नारा सहित संस्था अगाडी बढेको बताउनु भयो  । अध्यक्ष बजगाईले संस्थाको दिगोपन, पारदर्शिता, आर्थिक अनुशासन कायम गर्दै सुधारका कार्यक्रमहरु मार्फत सहकारीलाई दिगो बनाई शेयर सदस्यहरुले संचित गरेको रकम सुरक्षित गर्न संचालक समिति, लेखा सुपरिवेक्षण समिति लगायत अन्य उप समिति र ऋण कारोवार गर्नुहुने सबै सदस्य महानुभावहरु जवाफदेही र जिम्मेवार बन्न आवश्यक रहेको बताउनु भयो । साधारण सभामा उत्कृष्ट शेयर सदस्यतर्फ  रविन्द्र अधिकारी, बचत कर्ता सावित्री हुमागाई, लोकमाया पन्त, राधिका लम्साल, विष्णु कुमार श्रेष्ठ उत्कृष्ण ऋणी, सामुदायिक विद्यालय तर्फबाट २ जना र संस्थागत विद्यालयतर्फ २ जना सदस्य विद्यार्थी उत्कृष्ट कर्मचारी सुनिता फुयाल लगायतलाई सम्मान गरिएको थियो । कार्यक्रममा विभिन्न संघ सस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।