2026 April 26/ 09:48: 35pm

    धुलिखेल/विपद व्यवस्थापन तथा विपद व्यवस्थापनमा महिला आवाज विषयक समन्वय वैठक धुलिखेलमा सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलको अध्यक्षतामा बसेको बैठकमा ओरेक नेपालले विपदमा महिलाको आवाज र नेतृत्वको विषयमा भएका गतिविधिका बारेमा कार्यपत्र प्रस्तुत गरिएको थियो । 
    ओरेक नेपालका कार्यक्रम ब्यवस्थापक लक्ष्मी अर्यालले कार्यपत्र प्रस्तुत गर्दै नेपालको अवस्था तथा विभिन्न जिल्लामा भएका गतिविधिका बारेमा जानकारी गराएकी थिईन् । जिल्ला प्रशासन कार्यालय, काभ्रेको आयोजनामा आयोजित कार्यक्रममा जिल्ला स्थित जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । विपदमा परेका महिलाहरुको संरक्षण तथा उनिहरुको आवाजलाई नेतृत्वदायी भूमिका स्थापित गर्ने गरी जिल्ला तथा गाउँपालिका तथा नगरपालिका स्तरमा संरक्षण विषयगत समिति निर्माणको अवस्था, विपदको अवस्थामा महिलाको आवाज र नेतृत्व र जिल्ला तथा गाउँपालिका स्तरबाट भएका अभ्यासहरुका बारेमा छलफल भई आवश्यक निर्णय भएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले भने । कार्यक्रममा ओरेक नेपालले कालिदेवी महिला विकास बहुउद्देश्यीय सहकारी संस्था मार्फत विपद ब्यवस्थापनमा महिलाको आवाज र नेतृत्व सम्वन्धी कार्यक्रम भईरहेको सहकारीकी अध्यक्ष अम्बिकादेवी पाठकले बताईन् । हरेक पालिकामा परामर्श सेवा सम्वन्धी हेल्प डेस्क स्थापनाका लागि पहल गर्ने र जिविकोपार्जन सम्वन्धी विषयमा कार्य गर्ने योजना बनाएको संस्थाले जानकारी दिएको छ ।