2026 April 26/ 09:48: 46pm

    बनेपा/उपत्यकासँग जोडिएको काभ्रेपलाञ्चोक जिल्लाको ब्यापारिक हब बनेपामा ‘नलेज ब्रिज एजुकेशनल हव’ शुरु गरिएको छ ।
     शैक्षिक कार्यक्रमलाई प्रभावकारी रुपले संचालन गर्ने उदेश्यले उक्त संस्था स्थापना गरिएको प्रवन्ध निर्देशक सौरभ मैनालीले बताए । कार्यक्रमको उद्घाटन सञ्चालक समिति अध्यक्ष सपना मैनालीले गरेकी थिइन् भने कार्यक्रम सञ्चालन बजार शाखा प्रमुख विशाल तिमल्सिनाले गरेका थिए ।
बनेपा ७ गोदामचोक नजिकै स्थापना गरिएको उक्त संस्थाले गरिव जेहेन्दार तथा आर्थिक रुपले विपन्न विद्यार्थीहरु तथा सबै विद्यार्थी वर्गको इच्छा आकांक्षालाई मध्यनजर गर्दै काभ्रे जिल्लाको इतिहासमा पहिलो पटक सम्पूर्ण शैक्षिक गन्तब्य एकै ठाउँमा बनाउने उदेश्यले स्थापित उक्त संस्था काभ्रे जिल्लामै पृथक संस्था भएको प्रवन्ध निर्देशक सौरभ मैनालीले बताए । स्थानीय तह, विद्यार्थी तथा अभिभावकसँग सहकार्य गर्दै हरेक विद्यामा उत्कृष्ट नतिजा दिने उदेश्यले दक्ष तथा अनुभवी शिक्षकहरु, पर्याप्त भौतिक पूर्वाधार तथा बाल मैत्री वातावरणमा शिक्षण हुने मैनालीले बताएका छन ।
    उक्त संस्थामा हरेक तहका ट्युसन कक्षाहरु संचालन हुनेछ भने व्रिज कोर्ष संचालन हुनेछ । विभिन्न देशका लागि आवश्यक पर्ने नर्सिङ्ग तयारी कक्षा, कप्युटर कक्षा, भाषा कक्षा संचालन गर्ने बताईएको छ । घरमै गएर पढाउने ब्यवस्थाका साथै आवश्यक जनशक्ति तयार गरी सप्लाई गर्ने, थेसिस टाईपिङ्ग र प्रिन्टिङ्ग गर्ने, डेक्सटप पब्लिसिङ्ग, फोटोकपी र फ्रि लाईब्रेरी उपलब्ध छ । व्रिटिस आर्मीका तयारी कक्षाहरु, सरकारी बैक तथा सम्पूर्ण सार्वजनिक संस्थानका तयारी कक्षाहरु, शिक्षक लाईसेन्सका तयारी कक्षाहरु, शिक्षक सेवा आयोग, लोक सेवा आयोगका कक्षाहरु पनि उक्त शैक्षिक हबमा संचालन हुनेछन् ।
    नलेज ब्रिज एजुकेशनल हव’ सञ्चालनका लागि व्यवस्थापनको जिम्मेवारी सौरभ मेनाली, बजार शाखा विशाल तिमल्सिना, सुचना प्रविधिको जिम्मेवारी राजेन्द्र कार्कीले लिएका छन् भने सुदर्शन भट्टराई, राजकुमार गौतम र बाशुदेव सञ्जेल प्रशिक्षकको रुपमा रहेका छन । यस्तै सञ्चालक समिति सचिवमा रामकुमार कार्की, कोषाध्यक्षमा सुमन कुमार बजगाँई, सदस्यमा सुवास गौतम र दिपेन्द्र सापकोटा रहेका छन ।