2026 April 26/ 09:48: 35pm

    धुलिखेल/धुलिखेल अस्पताल र काठमाडौ विश्वविद्यालय स्कुल अफ मेडिकल साईन्सेजको संयुक्त आयोजनामा धुलिखेलमा तीन दिने विश्वव्यापी रुपमा स्वास्थ्य कभरेजलाई बलियो बनाउने उदेश्यले विश्वव्यापी स्वास्थ्य सहयोग सम्बन्धी सम्मेलन सम्पन्न गरिएको छ । 
    स्किल ल्याब अडिटोरियम, धुलिखेल अस्पतालमा आयोजित कार्यक्रममा अस्पतालका संस्थापक एवं काठमाडौ विश्वविद्यालयका पुर्व उपकुलपति प्रो.डा. रामकण्ठ माकजु र डा राहेल बृमनले सम्मेलनको समापनका क्रममा उद्घाटन गरेका थिए । डा. अर्चना श्रेष्ठले स्वास्थ्य सहयोगका बारेमा जानकारी गराउँदै स्वागत गरेको उक्त कार्यक्रममा नेपाल साझेदारीमा भिडियो प्रस्तुत गरिएको थियो । नेपाल साझेदारीका निर्देशक डा.रोज हाउसको संक्षिप्त परिचय सहित भईरहेका अभ्यासका बारेमा प्रस्तुतीकरण गरेकी थिईन् । 
    केन्याको डीन मोई विश्वविद्यालय स्कूल अफ मेडिसिन, डा. रुहल, सिप्रोकल इनोभेसन निर्देशक, (इंडियाना युनिभर्सिटी) सेन्टर फर ग्लोबल हेल्थ इक्विटीले प्रस्तुती गर्नु भएको थियो । कार्यक्रममा काठमाडौ स्कुल अफ मेडिकल साईसेन्सका डिन डा.मनोज हुमागाईं, डा. रामकण्ठ मकाजु श्रेष्ठले सम्मेलनमा विश्वब्यापी स्वास्थ्यका सन्र्दभमा धारणा राख्नु भएको थियो ।