बनेपा/व्यापार र व्यावसायिक महिला बनेपाको आयोजना अर्किड ईन्टरनेशनल एकेडेमीको संयोजन र ब्री डेन्टल क्लिनिकको प्राविधिक सहयोगमा एकदिने निःशुल्क दन्त परिक्षण तथा जनचेतना मूलक कार्यक्रमको आयोजना गरेको छ ।
बनेपा नगरपालिका नगर प्रमुख शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा अर्किड ईन्टरनेशल एकेडेमीका किन्डर गार्टेन देखी कक्षा ६ सम्मका विद्यार्थी र अभिभावकहरु सहभागी हुनु भएको थियो । कार्यक्रममका प्रमुख अतिथी शाक्यले समयमा नै दाँतको परिक्षण गरेमा पछि समस्या नहुने र धेरै कुराहरुमा सचेत हुन सकेमा दाँतको सुरक्षा, मुख सम्बन्धी रोगबाट जोगिने बताउनु भयो । कार्यक्रममा नगरपालिका स्वास्थ्य शाखा प्रमुख शम्भु कुमार महतोले नगरपालिकाले पनि विभिन्न सघं सस्थाहरु सग समन्वय गरी विभिन्न स्वास्थ शिविरको आयोजना गर्दै आएको बताउनु भयो । कार्यक्रममा अर्किड ईन्टरनेशनल एकेडेमीका सञ्चालक समितिका अध्यक्ष पुकार कारंञ्जितले विद्यालयले समय समयमा विद्यार्थीहरुको स्वास्थ्य परिक्षण, प्रयोगात्मक मार्फत अध्यापन गर्दै आएको बताउनु भयो । विद्यार्थीहरुको स्वास्थ्य राम्रो हुन सकेमा मात्र उनिहरुले पढाईमा ध्यन दिने हुनाले विद्यालयले स्वास्थ्य परिक्षण समेत गर्दै आएको कारंजितले बताउनु भयो । विद्यालयले ब्यबहारिक, नैतिक शिक्षालाई जोड दिदै आएको समेत कारंजितले बताउनु भयो ।
कार्यक्रममा विद्यालयका ब्यबस्थापन समिति अध्यक्ष अनिता कारंजित, प्रिन्सिपल अनिता प्रजापति लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा डा.श्रेया वादेले दन्त स्वास्थ्य शिक्षा र स्क्रिनिङ्गका बारेमा जानकारी दिनु भएको थियो । कार्यक्रम व्यवसाय र व्यावसायिक महिला संस्थाकी अध्यक्ष ईश्वरी बादेको सभापतित्वमा सम्पन्न भएको थियो ।









