2026 April 26/ 09:48: 47pm

काभ्रेमा पहिलो महिला अध्यक्ष 
बनेपा/लायन्स क्लब अफ काभ्रेको पहिलो पटक महिलाले अध्यक्ष चयन हुनुभएको छ । लायन्स क्लबको सन् २०२३÷०२४ को अध्यक्षमा सरिता पलाञ्चोकेले चयन हुनु भएको हो ।
बर्ष २०२२/०२३ का अध्यक्ष पद्मसुन्दर श्रेष्ठले आफ्नो कार्यकालमा भएको प्रगती विवरण प्रस्तुत गर्नु भएको थियो । श्रेष्ठले बनेपामा अवस्थित १६ सय सिंढीमा डष्टबिन, गोसाईथानमा डस्बिन राखेको, चक्रेश्वर मावि भैसेपाटीमा स्टेश्नरी वितरण, निशुल्क दन्त शिबिर, शंखुमा रहेको मानबकल्याण समाज सेवामा सहयोग, विभिन्न विद्यालयमा गई विद्यार्थीहरुको मुटु परिक्षण रक्तदान लगाएतका विभिन्न सामाजिक कार्यहरु सम्पन्न गरेको बताउनु भयो ।  सन् २०२३/०२४ का लागी बरिष्ठ उपाध्यक्ष ईश्वर महाजू, उपाध्यक्षहरु निरु बैदार, सरोज तिमल्सिना, सुरज मकै श्रेष्ठ रहनु भएको छ सचिब सचिव दिव्या पोटे श्रेष्ठ, कोषाध्यक्ष जयन्द्र बादे र सहसचिव विकास पन्त र सदस्यहरुमा   चयन हुनु भएको छ । 
पदस्थापन कार्यक्रमका बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथी शाक्यले नगरपालिका र नगर भित्र रहेका विभिन्न सामाजिक संस्था संगको समन्वयमा र सहकार्यमा अगाडी बढ्ने बताउनु भयो । कार्यक्रममा लायन्स क्लबका डिस्ट्रिक गर्भनर दीपककृष्ण प्रजापती, उत्तम झा, डा. कमल कायस्थ, विधान जोशी, उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्यले शुभकामना मन्तव्य राख्नु भएको थियो भने कार्यक्रममा वडा अध्यक्षहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु सहभागि रहेको थियो । कार्यक्रम लियो क्लबको ३९ औ पदस्थापन भएको थियो  ।