2026 April 26/ 09:49: 36pm

           बनेपा/बुडोल बचत तथा ऋण सहकारी संस्थामा आबद्ध बाल सदस्यहरुलाई एसईई २०८० मा उत्तिर्णलाई एक कार्यक्रमका बिच सम्मान गरेको छ । 
         संस्थाले हरेक बर्ष एसईईमा उत्तिर्ण बाल सदस्यहरुलाई सम्मान गर्दे आएको प्रमुख कार्यकारी अधिकृत रामकृष्ण रायले जानकारी दिनुभयो । कार्यक्रममा साहित्यकार हरि मन्जुश्रीले उतिर्ण बाल सदस्यहरुलाई सम्मान गर्न भएको थियो । २०८० सालको एसएलसी परिक्षामा संस्थामा आबद्ध ९६ जना बाल सदस्यहरु उत्तिर्ण भएको उनिहरुलाई प्रमाणपत्र, ब्याग सहित सम्मान गरिएको थियो । कार्यक्रममा संस्थाका प्रमुख सल्लाहकार रामहरी केसी, भोला केसी लगायतले शुभकामना मनतब्य राख्नु भएको थियो भने स्वागत मन्तब्य शिक्षा उपसमिती सदस्य भवानी केसीले राख्नु भएको थियो । कार्यक्रम संस्थाका शिक्षा उपसिमति संयोजक प्रकाश भुर्तेलको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा सस्थामा ६ जनाबाट शुरु भएको हाल २५ हजार १ सय ६४ सदस्य र १ अर्व ४३ करोड बचत रहेको जानकारी दिईएको थियो । कार्यक्रम शिक्षा समिति सदस्य गंगा तिमल्सिनाले सञ्चालन गर्नु भएको थियो ।