2026 April 26/ 09:48: 36pm

      बनेपा/‘एक रुपैयाँ गरिबको लागि मेरो सहयोग सबैको लागि, समृद्धिको आधार नै सक्षमता’ भन्ने नाराका साथ सक्षम बचत तथा ऋण सहकारी संस्थालिमिटेडको २९ औ स्थापना दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ । 
        सहकारीविद् कैलाशभक्त प्रधानाङ्गको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा १६ औ जेष्ठ सदस्य जन्मोत्सव र स्वास्थ्य शिविरको समेत आयोजना गरिएको थियो । प्रमुख अतिथी प्रधानाङ्गले अहिले सहकारीहरुमा समस्या आउनुमा सरकार नै दोषि रहेको बताउनु भयो । सहकारी नियमन तथा कानुन समयमा निर्माण नगर्दाको परिणमा अहिले केहि सहकारीहरुमा समस्या परेको बताउनु भयो । नाफामुखी सहकारीहरुमा समस्या परेको र सदस्यमुखी सहकारीहरुमा कुनै समस्या नपरेको तर अब सबै सहकारीहरुलाई असर पर्ने भएकाले सचेत रहन समेत प्रधानाङ्गले आग्रह गर्नु भएको थियो । ऋणीले समयमा ऋण नतिर्ने, बचतकर्ताहरुलाई तुरुन्तै रकम फिर्ता चाहिने कसरी सम्भव हुन्छ ? ठुला बैंकहरुलाई यसरी नै समस्या पर्ने भएकाले राज्यले नै यस विषयमा चाडो नियमन गर्नुपर्ने प्रधानाङ्गको भनाई रहेको थियो । कार्यक्रममा सक्षम गरिबी निवारण कोषको ऋण माफर्त संस्थाको २९औ स्थापना दिवस तथा १६ औ जेष्ठ सदस्य जन्मोत्सव कार्यक्रमको अवसरमा संस्थाका सदस्यलाई आफ्नो ब्यबसाय संचालनको सहयोग गर्न सक्षम गरिबी निवारण ऋण प्रदान गरिएको थियो भने जेष्ठ सदस्यहरुलाई सम्मान गरिएको थियो । 
         कार्यक्रममा जेष्ठ सदस्य रामप्रसाद बजगाई, संस्थापक अध्यक्ष बिनोद बैद्य, चेष्टा साप्ताहिकका सह–सम्पादक लक्ष्मण तिमिल्सना, जिल्ला सहकारी संघ लि.का संचालक रमेश प्रसाद न्यौपाने, अग्रज महिला साकोस भक्तपुरका ब्यबस्थापक तुलसा खड्कालगाएतले शुभकामा मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा स्वागत मन्तब्य संस्थापक सदस्य तथा जेष्ठ नागरिक संयोजक मणिराज श्रेष्ठले राख्नु भएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति रमेशकाजी बैद्यले संस्थाले सदस्यहरुलाई उत्पादनमुखी क्षेत्रमा लगानी गरेको बताउनु भयो । सहकारीमा कुनै समस्या नभएको सदस्यहरुलाई ढुक्क भएर कारोबार गर्न अध्यक्ष श्रेष्ठले जानकारी दिनु भयो । 
कार्यक्रममा संस्थाको असार मसान्त सम्मको कुल निक्षेप १३ करोड १२ लाख ७० हजार, शेयर पुँजी १० करोड ३९ लाख ७२ हजार, कुल सम्पती २१ करोड ४ लाख ५ हजार रहेको ब्यबस्थापक पार्वती थापाले जानकारी दिनुभयो ।