2026 April 26/ 09:48: 36pm

    धुलिखेल/कृषि ज्ञान केन्द्र, काभ्रेले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक कार्यक्रम सार्वजनिकीकरण तथा आर्थिक वर्ष २०७९/०८० को बार्षिक समिक्षा आयोजना गरेको छ । 
    जिल्ला समन्वय समितिका प्रमुख दिपककुमार गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कृषि ज्ञान केन्द्रका प्रमुख बरिष्ठ बाली विकास अधिकृत कुलप्रसाद दवाडी र मसला बाली विकास केन्द्र पाँचखालका प्रमुख बरिष्ठ बागवानी अधिकृत विष्णु वोगटीले बार्षिक समिक्षा तथा आगामी योजनाका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । १३ वटै स्थानीय तहका प्रतिनिधिहरु सहभागि कार्यक्रममा कृषक, सरोकारवाला निकाय तथा विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो । कार्यक्रमलाई दोहोरोपना हुन नदिन, बजेटको सहि कार्यान्वयन र उपयोग गर्न सहभागिहरुले सुझाव दिएका थिए । कार्यक्रममा श्रम यातायात तथा रोजगार मन्त्री लक्ष्मण लम्साल, कृषि तथा पशुपन्छी विकास पुर्व मन्त्री चन्द्र लामा, प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल लगायतले कृषिलाई प्रमुख ब्यवसायका रुपमा विकास गर्न सहजीकरण, समन्वय र उत्पादनलाई बजार सहज बनाउन आवश्यक वातावरण तयार गर्ने प्रतिवद्धता ब्यक्त गरे ।