2026 April 26/ 09:50: 09pm

    पनौती/नमोबुद्ध नगरपालिका वडा नम्वर १० सिम्लेमा सामुदायिक बचत तथा ऋण सहकारी सस्था लिमिटेडको धुनिदेवी नमोबुद्ध सेवा केन्द्रले सदस्य अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । 
    कार्यक्रममा सदस्य तथा समुदायका सहकारी र सहकारीता सम्वन्धमा सकारात्मक धारणा अभिबृद्धि गरि समुदायको आर्थिक सामाजिक विकासमा सहकारीको भुमिकाको विषयमा प्रप्ट पार्दे सामुदायिकले समुदाय तथा सदस्य हितमा केन्द्रित भएर सामुदायिकले गरिरहेका कृयाकलाप सदस्य सेवाका कार्यहरु लगायतका विषयमा अन्तरक्रियात्मक छलफल गरिएको थियो । कार्यक्रममा सहकारीहरुमा देखिएका समस्या र त्यसका कारणहरु विषयमा सदस्यहरुलाई प्रष्ट पार्दै समुदाय केन्द्रित भएर सञ्चालन भै रहेको सामुदायिक आधुनिक प्रविधिलाई आत्मसात गर्दै नीति र विधिमा सञ्चालन भएको उत्कृष्ट दिगो र सुरक्षित संस्थाको रुपमा रहकोले संस्थामा ढुक्क भएर कारोवार गर्न सकिने धारणा सदस्यहरुको रहेको थियो । 
    धुनिदेवि नमोबुद्ध सेवा केन्द्र ब्यबस्थापन उपसमितिका संयोजक मनोजप्रसाद अधिकारी र सामुदायिक साकोसका संचालक सदस्य तथा शिक्षा उपसमितिका संयोजक मुकुन्द अर्यालको विशेष उपस्थितीमा सञ्चालन भएकको कार्यक्रममा संस्थाको वित्तीय तथा गैर वित्तीय  बस्तु तथा सेवा साथै सदस्य सेवाको विषयमा जानकारी गराउँदै सदस्यहरुबाट प्राप्त जिज्ञासाको समाधान गरिएको थियो ।