2026 April 26/ 09:49: 38pm

     पनौती/शासन व्यक्तिको होइन विधिको हुनुपर्दछ भन्ने मुल नाराका साथ पनौतीमा श्रावण २० बाट सुरु भएको जेसीज सप्ताह श्रावण २७ गते पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
    नेपाल जेसीजका अन्तराष्ट्रिय प्रशिक्षक मिलन गुरुङ्ग, पनौती निवासी नेपाल सरकारका उपसचिव रामकुमार सापकोटा लगायतका पनौतीका विभिन्न सघंसस्थाका अध्यक्ष र प्रतिनिधिहरुको आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा विभिन्न तालिममा सहभागीहरुलाई प्रमाणपत्र तथा वक्तृत्वकला प्रतियोगीतामा प्रथम भएका अरुणोदय मा.वि.का विश्वास दाहाल प्रथम, काभ्रे मा.विका गरिमा सापकोटा द्दितिय र तृतिय भएका भुमिमाता मा.वि.का रोशन तामाङ्गलाई प्रमुख रामशरण भण्डारीबाट प्रमाणपत्र र पुरस्कार वितरण गरि समापन गरिएको पनौती जेसीजका अध्यक्ष राजेन्द्र महाजुले बताए । रामकुमार सापकोटाले विश्व समुदायको साझा लक्ष्य सहशताब्दी लक्ष्य अनुरुप पनौती जेसीजले सञ्चालन गरेको वृक्षारोपण, स्थानीय उत्पादनमा पोषण, साइबर सुरक्षा कार्यक्रमको प्रशंसा गर्दै आगामी दिनको सफलताको शुभकामना दिएका थिए । 
    पनौती नगरपालिकाका नगरप्रमुख रामशरण भण्डारीले पनौती जेसीजले समुदायको विकास र जागरणको कार्यले नगरसगँ हातेमालो सदैव गर्ने साथ दिने र पनौती जेसीजले आयोजना गरेको स्वास्थ्य परिक्षण, वृक्षारोपण, स्थानीय उत्पादनमा पोषणतत्वको महत्व, साईबर सुरक्षा कार्यक्रम, प्रभावकारी भाषणकला प्रशिक्षण, वक्तृत्वकला प्रतियोगिता र नेतृत्व विकास प्रशिक्षण कार्यक्रमले पनौतीका जनतामाझ सकारात्मक परिर्वतन आउने अपेक्षा गरे । नेपाल जेसीका अन्तराष्ट्रिय प्रशिक्षक जेसीआई सिनेटर मिलन गुरुङ्गले व्यतिmत्व र नेतृत्व विकासले मात्र मानिस सफल हुने भन्दै आगामी दिनमा आवश्यक साथ र सहयोग दिने वचन दिए । पनौती जेसीज वर्ष २०२३ रजत वर्षका अध्यक्ष राजेन्द्र महाजुले समुदायमा आधारित भएर पनौती जेसीजले समुदायिक र सदस्यहरुको विकास गर्ने लक्ष्य रहेको भन्दै आगामी दिनहरुमा १८ देखी ४० वर्ष सम्मका युवाहरु जेसीजमा सदस्य हुन सक्ने हुनाले सदस्यताको लागि आग्रह गरे । पनौती जेसीज सप्ताह मुल सप्ताह संयोजक सिजन सुद्दाकारले श्रावण २० गते स्वास्थ्य शिविर, श्रावण २२ गते साईवर सुरक्षा जनचेतना, श्रावण २३ गते वृक्षारोपण, श्रावण २४ गते प्रभावकारी भाषणकला प्रशिक्षण, श्रावण २५ गते स्थानीय उत्पादनमा पोषणतत्वको महत्व, श्रावण २६ गते वक्तृत्वकला प्रतियोगिता र  श्रावण २७ गते नेतृत्व विकास प्रशिक्षण र समापन कार्यक्रम आयोजना गरिएको थियो ।