धुलिखेल/सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुले विद्यार्थीमाथि यौन दुब्र्यवहार गरेको भन्दै उजुरी पर्ने क्रम बढेको छ । छात्राहरुले शिक्षकहरुबाट कक्षा कोठामा तथा अन्य समयमा पटक पटक दुब्र्यबहार गरिएको भन्दै प्रहरी कार्यालय र विद्यालय प्रशासनमा उजुरी गरिरहेका छन् ।
काभ्रेको चण्डेनी मावी मण्डनदेउपुर ११ मा कार्यरत प्रधानाध्यापक हेमलाल विक, बलेन्द्र भट्ट लगायतले विद्यालयमा अध्ययनरत छात्राहरुलाई पटक पटक यौन दुब्र्यवहार गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेमा दिएको उजुरीमा उल्लेख छ । तीन जना छात्राहरुले वडा कार्यालय र जिल्ला प्रहरीक कार्यालयमा २०८० साउन २२ गते उजुरी गरेका छन् । उजुरी गरेको साता वितिसक्दा समेत प्रहरीले उनिहरुलाई अनुसन्धानका लागि नियन्त्रणमा नलिएको पीडितहरुको आरोप छ । शिक्षकहरु विद्यालयमा कार्यरत रहँदासम्म विद्यालयमा जान डर लागिरहेको र विद्यालय जान छाडेको पीडित बालिकाहरुले बताएका छन् ।
काभ्रेकै सदरमुकाम धुलिखेलमा रहेको सञ्जिवनी माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत विद्यार्थीहरुलाई कक्षा शिक्षक सानुकान्छा श्रेष्ठले मोवाईल मार्फत अश्लील शब्दहरु पठाएर दुब्र्यबहार गरेको अभिभावकहरुले विद्यालयमा उजुरी गरेका छन् । साउनको अन्तिम साता विद्यालय आएका दुई अभिभावकले आफ्ना सन्तानलाई विद्यालयमा कार्यरत शिक्षकले मोवाईल मार्फत तथा भेटको अवस्थामा पनि यौन आशयले दुब्र्यबहार गर्ने गरेको बताएका छन् । विद्यालय वर्षातको समयका कारण विदा भएकाले थप अनुसन्धान गर्न नपाएको विद्यालयले जानकारी दिएको छ । विद्यार्थीहरुले समयमा नै विद्यालयले शिक्षकलाई कारवाही नगरे प्रहरी कार्यालय जाने चेतावनी दिएका छन् ।









