2026 April 26/ 07:53: 47pm

बनेपा/काभ्रेमा कृयाशिल पत्रकार महिलाहरुले संचारीका समुह गठन गरेका छन् । पत्रकार महासंघ काभ्रेकी उपाध्यक्ष समेत रहेकी सुनिता सापकोटाको अध्यक्षतामा संचारीका समुह काभ्रे गठन भएको हो । 
    समितिमा उपाध्यक्ष सम्झना हुमागाई, महासचिव ज्योती श्रेष्ठ, सचिव अञ्जली तामाङ, कोषाध्यक्ष मालती कुँवर तथा सदस्यहरुमा सीता काफ्ले, बिपाशना शाक्य, काजल तामाङ र शोभा हुमागाई रहेका छन् । समितिले महिलाहरुलाई पत्रकारितामा शशक्तिकरण गराउने तथा कृयाशिल पत्रकारहरुको क्षमता अभिबृद्धी गर्ने लगायतका कार्य गर्ने अध्यक्ष सापकोटाले बताईन् ।