बनेपा/आर्शु स्मृति प्रतिष्ठानको प्रथम बार्षिक साधारण सभा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । सामाजिक उत्तरदायित्व बहनका लागि स्थापना गरिएको उक्त संस्थाले एक वर्षको अवधीमा विभिन्न कार्य गरेको सभामा जानकारी गराईएको थियो ।
एक वर्ष अघि उपचारका क्रममा निधन भएकी बालिकाका नामबाट स्थापना गरिएको प्रतिष्ठानले समुदायमा विभिन्न कारण उपचार प्राप्त गर्न कठिनाई भोगेका ब्यक्तिहरुको उपचार तथा अन्य क्षेत्रमा सहयोग गर्दै आएको छ । कार्यक्रममा इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी प्रमुख डिएस्पी रेशम बोहोरा लगायतले सामाजिक कार्यलाई निरन्तरता दिन सुझाव दिनु भयो ।









