2026 April 26/ 07:39: 34pm

पनौती/ईलाका प्रहरी कार्यालय बनेपा अन्र्तगत रहेको प्रहरी चौकी पनौतीले पनौती क्षेत्रमा विभिन्न क्षेत्रमा चोरी गर्ने समुह मध्येका एकलाई पक्राउ गरेको छ । 
    महोत्तरी जिल्ला बर्दिवास नगरपालिका वडा नम्वर ८, बडडाँडा घर भई पनौती नगरपालिका वडा नम्वर ७ डेरा गरि बस्ने २२ बर्षिय सुजन तामाङलाई पक्राउ गरेको छ । सुजनको समुहले २०८० असार ३१ गते बिहान २ बजेको समयमा पनौती नगरपालिका वडा नम्वर ४ ज्यालापाटी स्थित विशाल हुमागाईको कोठाबाट ल्यापटप थान १ र मोबाईल थान २, साउन ५ गते वेलुकी १९ बजे समयमा महाभारत गाउँपालिका वडा ८ घर भई बनेपा वडा ८ बस्ने वर्ष ३६ स्थित पदमबहादुर रानाको कोठाबाट ल्यापटप थान २ र मोबाईल थान ३ तथा २०८० साउन ९ गते राति २ बजे समयमा पनौती वडा ६ बस्ने ३४ बर्षिय विजय थापाको कोठाबाट मोवाईल थान १ समेत चोरी गरेको थियो । 
    प्रहरी चौकी पनौतीले गरेको खोजतलास तथा अनुसन्धानका आधारमा साउन १० गते पनौती वडा ७ स्थित डेरा कोठा गरी बस्ने वर्ष २२ को सुजन तामाङ आफ्नै कोठामा लुकि–छिपी वसी रहेको अबस्थामा फेला पारी निजको घर कोठा खानतलासी गर्दा सामानहरु फेला परेको प्रहरीले जानकारी दिएको छ ।