बनेपा/बोधिचर्या परियति केन्द्र बनेपाले उक्त बौद्ध शिक्षा ग्रहण गर्नेलाई प्रमाण पत्र वितरण गरेको छ ।
बोधिचर्याका संरक्षक तथा आठांै मुख्य नायक बोधिसेन महास्थबिर भण्टेको प्रमुख आतिथ्यतामा उक्त प्रमाण पत्र वितरण गरिएको थियो । गौतम बुद्धले प्राप्त गरेको ज्ञानलाई फैलाउन नैतिक आचरण, संस्कार सस्कृती, अनुशासनमा रहि बौद्ध परियति शिक्षा ग्रहण गरी जीवनलाई सत्मार्गमा डो¥याउन मद्दत पुग्ने बताएको थियो । कार्यक्रममा बनेपा नगरपालिका प्रमुख शान्ति रत्न शाक्य, वडा नम्बर ७ का वडा अध्यक्ष हिटलर शाक्य, वडा नम्बर ७ की वडा सदस्य सोनी बर्ज्रचार्य लगायतले मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा २०७५ साल देखी २०८० साल सम्म बौद्ध परियति शिक्षा ग्रहण गरेका ४१ जनालाई बालबालिकाहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो ।
उक्त कार्यक्रममा बनेपा विहारका अध्यक्ष तेजप्रसाद मानन्धरको सभापतित्वमा सम्पन्न कार्यक्रममा सचिब कृष्ण प्रसाद मानन्धरले प्रगती प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।









