बनेपा/आजाद माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८०को कक्षा ११ मा भर्ना हुने विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण धुलिखेलको माउण्ट प्रिन्सेस होटलमा सञ्चालन गरेको छ ।
जिल्लामा पहिलो पटक सामाुदायीक विद्यालयले उक्त नयाँ विद्यार्थीहरुलाई अभिमुखीकरण गरेको थियो । विद्यालयका प्रध्यानाध्यापक रामनारायण श्रेष्ठले बनेपाको ऐतिहासिक रुपमा रहेको आजाद माविले गुणस्तर अनुशासन, प्रयोगात्मक शिक्षालाई विशेष ध्यान दिँदै आएको बताउनु भयो । विद्यालयमा ब्यबस्थापन विषयमा होट म्यानेजमेन्ट, कम्प्युटर विषयमा र विज्ञान विषयका पढाई हुने श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रममा बनेपा नगरपालिका उपप्रमुख विमला सापकोटाले सम्पूर्ण अभिभावक विद्यार्थीहरुलाई सामुदायीक विद्यालयहरु पनि संस्थागत भन्दा कम नरहेको बताउनु भयो । गुणस्तरमा सामुदायीक विद्यालयको उत्कृष्ट हुँदै गएकाले विद्यार्थीहरुलाई सामुदायिक विद्यालय नै रोज्न आग्रह गर्नु भएको थियो । सामुदायीक विद्यालयमा सुविधा सम्पन्न भवन, दक्ष जनशक्ति रहेका कारण गुणस्तरीय शिक्षा प्रदान हुने बताउनु भयो ।
कार्यक्रममा बनेपा नगरपालिका शिक्षा शाखा अधिकृत शिवराज त्रिपाठी, बनेपा नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष बलराम अधिकारी विद्यालय ब्यबस्थापन समितिका निर्वतमान अध्यक्ष तथा सञ्चालक सदस्य मुकुन्द तिमल्सिना लगाएतका ब्यक्तिहरुले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा विद्यालयका मावि संयोजक सुन्दर श्रेष्ठले विद्यालयको भावि योजना, विद्यार्थीहरुले गर्नु पर्ने कर्तब्यका बारेमा जानकारी दिनु भएको थियो । विद्यालयले विद्यार्थीहरुलाई प्रयोगात्मक शिक्षामा जोड दिने र गुणस्तरीय शिक्षालाई प्राथमिकता दिदै आएको बताउनु भयो ।
कार्यक्रम विद्यालय ब्यबस्थापन समिती सदस्य दिपा दाहालको सभापतित्वमा र सञ्चालन शिक्षक श्याम श्रेष्ठले गर्नु भएको थियो ।









