2026 April 26/ 07:39: 43pm

    धुलिखेल/निर्माण व्यवसायी संघ काभ्रेले विभिन्न माग सहित जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएको छ । निर्माण व्यवसायीको बाँकी रहेको रकम भुक्तानी र निर्माण कार्यको एकमुष्ट म्याद थपको माग गर्दै निर्माण व्यवसायीले धर्ना दिएका हुन् । 
    निर्माण कार्य सम्पन्न गरेको लामो समय हुँदा पनि सरकारले भुक्तानी नदिएकाले बाध्य भएर आन्दोलनमा उत्रनु परेको निर्माण व्यवसायी संघ काभ्रेका अध्यक्ष विजय लामाले बताउनुभयो । व्यवसायी पिडामा रहेको गुनासो गर्दै अध्यक्ष लामाले रहरले नभई बाध्यताले आन्दोलन गर्नुपरेको बताउनुभयो । सरकारले रकम भुक्तानी नगर्दा निर्माण सामाग्री र मजदुरको रकम उपलब्ध गराउन नसकिएको उहाँको भनाई छ । माग पुरा नगरेसम्म आन्दोलन जारी रहने अध्यक्ष लामाले बताउनुभएको छ ।