पनौती/पनौतीमा रहेको रोशी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले हस्तकला तालिम आयोजना गरेको छ ।
महिला उप–समितिद्वारा आयोजित कार्यक्रममा २५ जना महिला सहभागि थिए । महिलाको क्षमता अभिभृद्धि एवं आत्मनिर्भर बनाउने उदेश्यले ७ दिनको हस्तकला तालिमको आयोजना गरिएको अध्यक्ष राजेश सुन्दर सैंजुले जानकारी दिनुभयो । हस्तकला तालिममा उलन फेल्टबाट बन्ने विभिन्न सामान बनाउने तालिम दिइएको उहाँले बताउनुभयो । उद्घाटन कार्यक्रममा संस्थाका अध्यक्ष राजेश सुन्दर सैंजु, पनौती नगरपालिका महिला विकास शाखा प्रमुख लक्ष्मी पोखरेल, सहकारी शाखा प्रमुख तुलसी मगर, प्रशिक्षम सानु लक्ष्मी तम्राकार र शुभलक्ष्मी ताम्राकार लगायतको सहभागिता रहेको थियो । घरमा नै बसेर आयआर्जनका काम गर्न सक्ने बनाउनका लागि सहकारीले दिएको तालिम महत्वपुर्ण रहेको सहभागीको भनाई थियो । शेयर सदस्यलाई सिपसँगै आयआर्जनका कार्यक्रममा जोड्दै रोजगार बनाउने लक्ष्य राखेको व्यवस्थापक सिजन सुधाकारले जानकारी दिनुभयो ।









