बनेपा/राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरका CU Executive Award 2021 / CUMI Award प्राप्त गर्न सफल विन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक बर्ष ०७९/०८० को वार्षिक समिक्षा गोष्ठी संस्थाका अध्यक्ष शान्तकुमार श्रेष्ठको सभापतित्व तथा संस्थाका पूर्व अध्यक्ष एवं सल्लाहकार प्रदिप थापाको प्रमुख आतिथ्यतामा सम्पन्न गरेको छ ।
कार्यक्रममा संस्थाको आर्थिक वर्ष ०७९।८० सम्म संस्थामा शेयर सदस्य संख्या ५० हजार पाँच सय ८७, शैक्षिक बाल बचत कर्ता १० हजार गरी कुल सेवाग्राही ६० हजार पाँच सय ८७ जना पुगी संस्थाको कुल सम्पत्ति ४ अर्व ५७ करोड २८ लाख पुगेको प्रमुख कार्यकारी अधिकृत के.वि लामा स्याङ्तानले जानकारी गराउनु भएको थियो । लामाले संस्थाको कार्यप्रगतिका बारेमा समेत कार्यप्रगती प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा संस्थाको आर्थिक बर्ष ०७९/८० को वार्षिक लक्ष्य तथा कार्य प्रगति लगायत कार्य संचालन र कार्यान्वयनमा देखिएका समस्या र चुनौतीको छलफल गरी आगामी चालु आर्थिक बर्षको लक्ष्य प्राप्तीका लागि अपनाउनु पर्ने रणनीति र कार्ययोजनाका बारेमा सेवा कार्यालयका कार्यालय व्यवस्थापकहरुले प्रस्तुत गर्नुभएको थियो । बनेपामा सम्पन्न उक्त कार्यक्रममा संस्थाको सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, ऋण लगानी तथा असूली उपसमिति, शिक्षा तथा तालिम उपसमिति, लघुवित्त उपसमिति, सेवा कार्यालय व्यवस्थापन उपसमितिका पदाधिकारी एवं सदस्य लगायत उच्च व्यवस्थापनको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन सञ्चालक समितिका सचिव डोरेन्द्रराज सापकोटाले गर्नुभएको थियो भने स्वागतमन्तब्य संचालक समितिका उपाध्यक्ष रामहरि शर्मा तिमल्सिनाले गर्नुभएको थियो ।









