2026 April 26/ 07:38: 24pm

कुशादेवी/लियो क्लब अफ काठमाडौ रेसुङ्गाको आयोजना र जागृत कुशादेवी साकोसको सहकार्यमा महिलाको स्वास्थ्यमा हुने समस्या सम्बन्धि सचेतना कार्यक्रम गत शनिवार कुशादेवीमा सम्पन्न भएको छ । 
कार्यक्रममा महिलाको स्वास्थ्य सम्बन्धि अनुशिक्षण दिइएको थियो । खासगरी महिनावारीका समय हुने समस्या र त्यसको समधान एवं यौन सम्बन्धि उपयोगि शिक्षाको बारेमा विज्ञहरु सुशिल खनाल र आकृति चौलागाइले सहभागी महिलाहरुलाई प्रशिक्षण दिनु भएको थियो । कार्यक्रममा सहभागी महिलाहरुलाइ आयोजकले सेनिटेरी प्याड समेत वितरण गरिएको प्रेसिडेन्ट डालिया सापकोटाले जानकारी दिनु भयो । कार्यक्रममा ८० भन्दा बढि महिलाको सहभागिता रहेको थियो ।