बनेपा/नेपाल उत्पिडित जातिय मुक्ति समाज काभ्रेले २०७९ सालको एसईई परीक्षमा सहभागि भई उत्तिर्ण भएका दलित विद्यार्थीहरुलाई सम्मान गरेको छ । पूर्व मन्त्री एवं नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटा लगायतका नेताहरुले उर्तिण विद्यार्थीहरुलाई एक कार्यक्रममा बीच सम्मान सहित प्रसंशा पत्र प्रदान गर्नु भएको छ ।
कार्यक्रममा बोल्दै पूर्व मन्त्री बास्कोटाले श्रमसँग जोडिएको सम्पत्तिलाई ब्यक्तिले डटेर निरन्तर प्राप्ति गर्नुपर्ने बताउनु भयो । विगतमा जस्तो सामन्ती युग समाप्त भएकाले छुवाछुत समेत हट्दै गएको अवस्थामा परम्परागत सीप तथा क्षमतालाई नयाँ युग सुहाउँदो प्रविधि र पुस्तालाई हस्तान्तरण गर्दै मानव एउटै हो भन्ने आभाष हुने गरी शैक्षिक र ब्यवहारीक दुबै विषयको अध्ययनका लागि विद्यार्थीहरुलाई पूर्व मन्त्री बास्कोटाले शुभकामना दिनुभयो । एउटा ब्यक्तिले अवसर पाउँदैमा र उ मात्रै शिक्षित हुँदैमा सिङ्गो समुदाय परिवर्तन हुन्छ भन्ने कुरा सम्भव नभएको बताउँदै पुर्व मन्त्री बास्कोटाले अध्ययनसँगै जीवन बुझ्न अनुरोध गर्नु भयो । कार्यक्रममा जिल्लाभरका २ सय भन्दा धेरै विद्यार्थीहरु सहभागि भएका थिए । जिल्ला अध्यक्ष तेज नेपालीले दलित समुदायलाई राज्यले उपलब्ध गराएका विभिन्न प्रकारका अवसरलाई सदुपयोग गर्न विद्यार्थीहरुलाई अनुरोध गर्नु भयो ।
कार्यक्रममा एमाले काभ्रेका सचिब राजन भुर्तेलले ब्यक्तिको सोच परिवर्तन गर्न शिक्षा र चेतनालाई जोड दिनुपर्ने बताउनु भयो । अवसरलाई उपभोग गर्दै थप अवसर र्सिजनाका लागि ब्यक्तिको क्षमता अनुसारका सिप तथा शिक्षालाई ब्यवहारमा उर्तान अनुरोध गर्नु भयो । दलित भएकै कारण अवसरबाट बञ्चित हुनु पर्ने अवस्था विस्तारै कम हुँदै गएकाले बदलिँदो प्रविधि र समयलाई आत्मसाथ गर्दै विद्यार्थीहरुलाई निरन्तर मेहनत गर्न अनुरोध सचिव भुर्तेलले अनुरोध गर्नुभयो । एमाले जिल्ला उपसचिव रिता ढकालले राणा, पंचायतकालको जस्तो अवस्था नभएको बताउँदै गणतन्त्र प्राप्तिसम्म आईपुग्दा दलित समुदायलाई राज्यले हेर्ने दृष्टिकोण समेत बदलेको बताउनु भयो । कार्यक्रममा एमाले सचिवालय सदस्य तथा क्षेत्र नम्वर २ का सयोजक रामशरण दाहाल, अनेमसंघ जिल्ला अध्यक्ष विमला सापकोटा, मुक्ति समाजका केन्द्रिय सदस्य सम्झना परियार, अनेरास्ववियु केन्द्रिय सदस्य सुमन जैरु, मुक्ति समाज बागमती प्रदेशका अध्यक्ष नविन घतानी, अनेरास्ववियु जिल्ला अध्यक्ष मिलन गौतम, मुक्ति समाजकी जिल्ला सचिव गिता सुनार, विद्यार्थी सुस्मा परियार र अभिनय बर्देवा लगायतले मन्तब्य राख्नु भएको थियो ।









