भकुण्डेवेशी/नमोबुद्ध नगरपालिकाको दोस्रो नगर सभाको तेस्रो अधिवेशनको दोस्रो बैठकले आर्थिक बर्ष २०८०÷०८१ को लागि नीति तथा कार्यक्रम, बजेट र आर्थिक विधेयकका साथै बार्षिक प्रगति प्रतिवेदन सर्वसम्मतले पारित गरेको छ ।
पहिलो बैठकमा नगर प्रमुख कुनसाङ लामाले आगामी आर्थिक बर्ष २०८०/०८१ को लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम, नगर उपप्रमुख रत्नबहादुर लामाले आर्थिक बर्ष २०८०/८१ को लागि प्रस्तुत गरेको ७२ करोड ७५ लाख ६४ हजार ८ सय २७ रुपैयाको अनुमानित बजेट तथा कार्यक्रम सर्वसम्मतले पारित गरेको हो । नगरले आगामी आर्थिक बर्षको लागि चालुतर्फ १७ करोड ९४ लाख २४ हजार १ सय ९७ र पुँजीगततर्फ ५४ करोड ८१ लाख ४० हजार ६ सय ३० रुपैयाँको बजेट प्रस्ताव गरेको थियो ।









