2026 April 26/ 05:56: 01pm

पनौती/इन्द्रेश्वर क्याम्पसमा गत असार २९ गतेका दिन २ सय १० औं भानु जयन्तीको अवसरमा  कवि गोष्ठि तथा “पनौती रिर्सच जर्नल” लोर्कापन कार्यक्रम सम्पन्न  भएको छ  । वरिष्ठ साहित्यकार डा.तुलसी प्रसाद भट्टराईको प्रमुख अतिथिको रुपमा समुद्घाटन भएको कार्यक्रममा क्याम्पसबाट पहिलो सँस्करणको रुपमा प्रकाशित “पनौती रिर्सच जर्नल”  डा. तुलसी भट्टराई, क्याम्पसका सञ्चालक समिती अध्यक्ष तुयुकाजी ताम्राकार र क्याम्पस प्रमुख श्रीकुमार सुवालले  संयुक्त रुपमा लोर्कापण गर्नु भएको थियो । 
कार्यक्रममा क्याम्पसका विद्यार्थी, प्राध्यापक तथा स्थानीय साहित्यकारबाट आ–आफ्नो कविता बाचन गरी २१० औं भानु जयन्ती मनाएको थियो ।