विष्णु घिमिरे/साउदी रियाद फुटबल कल्वले क्यान्सर पिडित विवेक विश्वकर्मालाई १ लाख ६० हजार रुपैयाँ सहयोग गरेको छ ।
रियाद फुटबल क्लबले ईदको अवसरमा २६ टिमको सहभागीतामा फुटबल आयोजना गरेको थियो र पहिलो टोली बनेको थियो । कार्यक्रम समिक्षा र सम्मानको अवसर पारि लमजुङ १ का क्यान्सर पिडित विवेकको उपचारका लागी उक्त रकम आफन्तलाई हस्तान्तरण गरेको हो ।
त्यस्तै लामो समय देखि मृगौला पीडित तनहुँ, शुक्ला गण्डकी ११ का गंगा बहादुर गुरुङलाई उपचारका लागि साउदी अरेबियाबाट ३ लाख सहयोग गरेका छन् । परिवारले गुरुङको दुवै मृगौलाले काम गर्न छाडे पछि प्रत्यारोपणमा आर्थिक सहयोग गर्नको लागि नेपाल प्रवास शाखा साउदी अरेबियालाई जानकारी गरेका थिए भने तमुधिले आफ्नो अभियानमा आर्थिक संकलनको सुरुवातसँगै सो ३ लाख नेपाली रुपैयाँ संकलन गरेको थियो ।









