बनेपा/बनेपा नगरपालिकाको आयोजना र नेपाल घरेलु तथा साना उद्योग महासंघको सहकार्यमा महिलासँग उपमेयर कार्यक्रम अन्तर्गत सञ्चालन भएका विभिन्न तालिमहरु समापन गरिएको छ ।
तालिममा झोला साडि कभर, मेशिन ईम्बोईडरी तन्ना र कृशान, ड्रेस डिजाइन र रैथाने मौसमी क्याण्डी बनाउने १० दिने तालिमहरूको समापन तथा प्रमाणपत्र बितरण गरिएको छ । प्रमाण पत्र वितरण गर्दै नगर प्रमुख शान्तिरत्न शाक्यले तालिम लिएको तालिममा मात्रै सिमित नरहोस् यसलाई ब्यबहारमा उतार्न आग्रह गर्नु भएको थियो । सिप सिकेपछि प्रयोगमा ल्याउनुपर्ने शाक्यले बताउनु भयो । नगरपालिकाले नगरभित्र रहेका महिला दिदिबहिनीहरुलाई बेरोजगारीबाट रोजगारीका लागी उक्त तालिमहरु सञ्चालन गरिएको बताउनु भयो । कार्यक्रमा उप–प्रमुख विमला सापकोटाले नगरले जिवनउपयोगि तालिम प्रदान गरेकाले उक्त तालिम पश्चात आफै स्वरोजगार हुने विश्वास गर्नुभयो । सापकोटाले नगरपालिकाले आगामी बर्ष एड्भान्स तालिम प्रदान गर्ने र आत्मनिरर्भर हुनका लागी सहयोग पुग्ने बताउनु भयो । थोरै थोरै लगानीबाट पनि महिला दिदिबहिनीहरु सिप सिकेपछि आत्मनिर्भर हुने बताउनु भयो । नगरपालिकाले धेरै किसिमका तालिमहरु प्रदान गर्ने भएकाले ईच्छुक महिला दिदिबहिनीहरुले तालिम लिन सुझाब दिनुभयो ।
कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा अधिकृत बिजया सुवेदी, नेपाल घरेलु तथा साना उद्योग महासघंका महिला उप–समिति अध्यक्ष तथा तालिम संयोजक निरू बैदार, महासंघका पूर्व अध्यक्ष भवानी जोशी, प्रशिक्षिकहरु लगायतले मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा स्वागत मन्तब्य घरेलु तथा साना उद्योग महासंघका बरिष्ठ उपाध्यक्ष रेणुका श्रेष्ठले राख्नु भएको थियो ।









