बनेपा/काभ्रेपलान्चोक सेवा समाज कतारद्वारा दुलालेश्वर वातावरणीय तथा समाज सेवा क्लबको समन्वयमा भुम्लु गाउँपालिकामा एम्बुलेन्स खरिदको निम्ति ११ एघार लाख भुम्लु गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर भुजेललाई हस्तान्तरण गरेको छ ।
विशेषगरी काभ्रेका ग्रामिण भेगका जनताहरुले समयमै उपचार पाउन भन्ने उद्देश्यले रोजगारीको सिलसिलामा कतार बस्नुभएका काभ्रेलीहरुले थोरैथोरै रकम जम्मा गरी ११ लाख जम्मा भएको कतार समाजका निर्वतमान अध्यक्ष नारायण विष्टले बताउनु भयो । हस्तान्तरण कार्यक्रममा भुम्लु गाउँपालिका अध्यक्ष प्रेम बहादुर भुजेलले सहयोगी काभ्रेली समाज कतार तथा समन्वय गर्ने दुलालेश्वर वाताबरणीय क्लबलाई धन्यबाद दिदै उक्त रकमको सदुपयोग गरी एम्बुलेन्स खरीदका लागी नपुग रकम पालिकाले ब्यबस्था गर्ने र चाडै एम्बुलेन्स खरीद प्रक्रियामा लगिने भुजेलले बताउनु भयो । उक्त एम्बुलेस खरीद पश्चात भुम्लु गाउँपालिकाका समुदायलाई स्वास्थ्य उपचार गर्न मद्दत पुग्ने विश्वास लिएको भुजेलले बताउनु भयो ।
कार्यक्रममा दुलालेश्वर वातावरणीय तथा समाज सेवा क्लबका अध्यक्ष अष्टबहादुर श्रेष्ठ, काभ्रेपलान्चोक सेवा समाज कतारका निर्वतमान अध्यक्ष नारायण विष्ट, निर्वतमान महासचिव गौरव अधिकारी, निर्वतमान कोषाध्यक्ष हरी पण्डित, निर्वतमान सह–कोषाध्यक्ष दिप सागर श्रेष्ठ, निर्वतमान सचिव रमेश सापकोटा लगायतको उपस्थिति रहेको थियो ।









