बनेपा/बनेपा नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा संचालित जोखिम सञ्चार सम्बन्धी अभिमुखीकरण तथा छलफल कार्यक्रम बनेपा नगरपालिका नगर प्रमुख शान्ति रत्न शाक्यको अध्यक्षतामा सम्पन्न भएको छ ।
कार्यक्रममा विपद्का समयमा कसरी स्थानीय स्तरमा सहि सूचना पु¥याउने र उक्त सुचनाबाट समयमा नै विपद् सम्बन्धी समस्याको समाधान गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिएको थियो । बिगतमा आएका भुकम्प, कोरोना महामारी, अहिले महामारीका रुपमा फैलिएको लम्पिस्क्रन सम्बन्धी कृषकहरु मारमा परेका समयमा गलत सुचनाका कारण कृषकहरुलाई क्षती पुगेको जानकारी दिईएको थियो । बनेपा नगरपालिका भित्र लम्पिस्किनको ६ हजार गाईलाई भ्याक्सिन लगाएको, उक्त रोगका कारण बजारमा दुध खान नहुने भन्ने हल्ला भएकाले कृषकहरु मारमा परेको पशुपन्छी शाखा प्रमुख रामसुन्दर सापकोटाले जानकारी दिनु भयो । दुध उमालेर खान हुन्छ, शाखा प्रमुख सापकोटाले भन्नु भयो विरामी पशुले दुधै दिँदैन बिरामी नभएकाले मात्रै दुध दिने भएकाले दुध खान मिल्ने बताउनु भयो ।
कार्यक्रममा उप प्रमुख विमला सापकोटा, वडा नम्बर ५ का वडा अध्यक्ष बलराम अधिकारी, प्रशासकिय अधिकृत धुर्वराज नेपाल लगाएतको सहभागिता रहेको थियो । कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख शम्भुकुमार महतोले कार्यक्रमका बारेमा जानकारी गराउनु भएको थियो ।









