2026 April 26/ 07:38: 26pm

    बनेपा/निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन) काभ्रेले २०७९ सालमा एसईई उत्तिर्ण विद्यार्थीहरुलाई भोली शुक्रबार सम्मान गर्ने भएको छ । प्याब्सन अन्र्तगतका सदस्य विद्यालयहरुबाट उतिर्ण भएका ३.६५ देखी ३.९५ जिपिए ल्याउने २ सय ९१ जना विद्यार्थीहरु, विषयगत उच्चतम औसत जिपिए हासिल गर्ने सफल बिद्यालयका विषय शिक्षक तथा शिक्षिकहरु र विद्यालयलाई सम्मान गरिने प्याब्सन काभ्रेका अध्यक्ष श्याम बहादुर भुजेलले पत्रकार सम्मेलनमा जानकारी गराउनु भयो । प्याब्सनले यसअघि पनि सम्मान गर्दै आएको र उक्त कार्यक्रमलाई निरन्तरता दिन लागिएको भुजेलले बताउनु भयो । प्याब्सन अन्र्तगतका ५१ वटा सदस्य विद्यालयहरुबाट १ हजार ४ सय ६३ जना विद्यार्थीहरु एसईईमा उत्तिर्ण भएका र काभ्रेमा १२ जनाले ३.९५ ल्याएका मध्ये ९ जना प्याब्सनका सदस्य विद्यालयका विद्यार्थीले ल्याएको भुजेलले बताउनु भयो । 
    काभ्रे जिल्ला नेपालकै शैक्षिक केन्द्र हबका रुपमा विकसित हुदै गईरहेको र नेपालकै उत्कृष्ट नतिजा ल्याउन सफल सुविधा सम्पन्न कक्षा ११ र १२ मा विभिन्न जीवन उपयोगी संकायहरु अध्यापन भैईरहेको अध्यक्ष भुजेलले जानकारी दिनु भयो । उतिर्ण विद्यार्थीहरुलाई जिल्लामै रहेका अब्बल शैक्षिक संस्थामा अध्ययन गर्न र एकपटक विद्यालयमा गई अवलोकन गर्न अभिभावक समेतलाई भुजेलले आग्रह गर्नु भएको थियो । पत्रकार सम्मेलनमा प्याब्सनका केन्द्रिय उप महासचिब भिमसेन केसी, केन्द्रिय सदस्य हिरा शर्मा नेपालले २०७९ मा आएको नतिजा त्यति सन्तोजनक नभए पनि सम्रगमा राम्रो रहेको बताउनु भयो । 
सम्मेलनमा स्वागत मन्तब्य उपाध्यक्ष सुजेन्द्र श्रेष्ठले राख्नु भएको थियो भने सञ्चालन सचिब छविरमण पराजुलीले गर्नु भएको थियो । पत्रकार सम्मेलनको सभापतित्व अध्यक्ष श्यामबहादुर भुजेलले गर्नु भएको थियो ।