धुलिखेल/जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र काभ्रेले जिल्ला स्थित होमस्टे, होटेल तथा रिसोर्ट संचालकहरुका लागि योग तथा पुर्वकर्म सम्वन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । धुलिखेलको माउन्ट प्रिन्सेस रिसोर्टमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रबाट ९० जना सहभागिहरुको सहभागिता रहेको थियो ।
जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा. बंशमवदा कौडिन्यायनेको अध्यक्षता रहेको थियो । कार्यक्रममा बोल्दै समन्वय समिति प्रमुख दिपककुमार गौतमले ब्यक्तिको ब्यस्ततालाई योग र पुर्वकर्मतसँग जोडेर अघि बढनु पर्ने बताउनु भयो । ब्यक्ति आफ्ना लागि भन्दा अरुका लागि दौडिरहँदा उसले आफ्नो ब्यक्तिगत ब्यवहार, हेरचाह र स्वास्थ्यमा ख्याल पु¥याउन नसकेको गौतमले बताउनु भयो । कार्यक्रममा डा. बशमबदाले होटेल, होमस्टे र रिसोर्टमा पछिल्ला समयमा स्पा, योगका कार्यक्रम शुरु भए पनि विशेषज्ञ नभएकाले त्यसबाट हुन सक्ने सम्भावित जोखिमका बारेमा जानकारी गराउनु भएको थियो । विरामी भएका तथा नभएकाहरुलाई कुन अवस्थामा कस्तो तरिकाले योग, स्पा, मसाज, स्टिम बाफ लिने भन्ने जानकारी गराउनु पर्ने उहाँले बताउनु भयो । ‘विरामीको परिक्षण पछि मात्रै उपयुक्त हुन्छ भन्ने चिकित्सको परामर्श जरुरी छ’–डा. बंशमबदाले भन्नुभयो–‘हरेक क्षेत्रमा यि सेवा सूचारु गर्दा ब्यक्तिको स्वास्थ्य अवस्थाका बारेमा पुर्व जानकारी लिएर विशेषज्ञद्वारा गरिएको सिफारिसका आधारमा मात्रै सेवा उपलब्ध गराउन आवश्यक छ ।’ यसकै लागि सचेतनामुलक अभिमुखिकरण उपलब्ध गराईएको उहाँले बताउनु भयो ।
कार्यक्रममा क्षेत्रिय होटल संघका सचिव ज्योत्सना सैजु, होमस्टे महासंघका बागमती प्रदेश अध्यक्ष गोविन्द हुमागाई, विशेषज्ञ योग गुरु श्रीराम पाण्डे लगायतले अभिमुखिकरण कार्यक्रममा योग तथा पुर्वकर्मका बारेमा जानकारी गराउनु भएको थियो । अभिमुखिकरण कार्यक्रममा पञ्चकर्म विशेषज्ञ डा.निर्मल भुषाल, योग गुरु श्रीराम पाण्डेले अभिमुखिकरण गराउनु भएको थियो । उक्त कार्यक्रम बागमती प्रदेश सरकार अन्र्तगतको रहेको डा. बंशमवदाले बताउनु भयो । यस अघि चालु आर्थिक वर्षको अन्त्यसम्ममा संघ र प्रदेश सरकारले विनियोजन गरेका अधिकांश कार्यक्रम सम्पन्न गरेको उहाँले बताउनु भयो । सघ अन्र्तगतका कार्यक्रममा ६ महिना भित्रका सुत्केरी महिलाहरुका लागि सतावरी, दशमुल तेल, ज्वानोचुर्ण वितवरण गरिएको छ । उक्त कार्यक्रम जिल्लाको पनौती नगरपालिका वडा नम्वर ४ को स्वास्थ्य चौकीमा सेवा लिने सुत्केरी महिलाहरुका लागि उपलब्ध गराईएको थियो । करिव ३ सय महिलाहरु उक्त कार्यक्रमबाट लाभान्वित भएका छन् । पञ्चकर्म, विद्यालयमा कार्यरत शिक्षक शिक्षिका तथा विद्यार्थीहरुका लागि योग र आयुर्वेदका बारेमा अभिमुखिकरण, निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ ।
प्रदेश सरकार अन्र्तगतका मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम, ट्राफिक, संचारकर्मी, स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेविकाहरुका लागि सचेतनामुलक कार्यक्रम आयोजना गरिएको छ भने अस्पतालबाट निरन्तर प्रदान हुने सेवा ओपिडी, निशुल्क औषधी वितरण, अकुपञ्चर सेवा, पुर्वकर्म, योग, ल्याव लगायतका सेवा पनि प्रभावकारी हुन थालेका छन् । जिल्ला आयुर्वेद अस्पतालले आयुर्वेद सम्वन्धी औषधीलाई शुल्क लिएर पनि विक्री गर्न थालेको छ । यसले नागरिकहरुलाई आयुर्वेद प्रतिको प्रयोग र त्यसको प्रभावकारीता बढाउन थालेका छ ।









