2026 April 26/ 05:56: 01pm

बिष्णु घिमिरे/साउदी
    गैरआवासीय नेपाली संघ मध्यपुर्वको आठौं सम्मेलनमा संयोजक राजेन्द्र अर्याल र मनोज कुमार श्रेष्ठले मध्यपूर्वमा एनआरएनले नेपाली श्रमिकको हक हितको लागि केन्द्रीत भएर काम गरेको बताए । 
    बैदेशिक रोजगारी क्रममा मध्यपूर्वमा पुगेका नेपाली श्रमिकले झेल्नुपरेको चरम दुःख अनि मेनपावरले सम्झौता अनुसार काम नदिनाले, सम्बन्धित कम्पनीले आवश्यक सेवा सुविधा नदिनाले , तलवको लोभले गर्दा, कम्पनी छाडेर अन्यत्र काम गर्ने नेपालीको संख्या बढ्दो अवस्थामा रहेको साथै भाषा, ज्ञानको कमीले गर्दा नेपालीले पाएको दुखमा मध्यपूर्ब एनआरएनले सहयोगको निमित्त सम्वन्धित देशका दुतावाससँग समन्वय गरि आवश्यक सहयोग गदै आएको र संघले पिडीत नेपालीलाई आवश्यक अनुसार, हवाई टिकट, खाधान्न, यातायातको समेत व्यवस्था गदै आएको बताए । सम्मेलनमा  नेपाल सरकारका सम्बन्धित निकाय, मिडियाकर्मी, राष्ट्रियय कलाकार, मध्यपूर्वीय राजदूत, वाणिज्य दुतको उपस्थित सँगै मध्यपूर्वसहित यूरोप, अमेरिका जापान लगायत विभिन्न मुलुकका ५ सय भन्दा धेरैको सहभागिता रहेको थियो ।