2026 April 26/ 05:55: 33pm

बनेपा/बनेपामा रहेको फर्बिड् एजुकेश्नल करियर प्रा.लि ले पहिलो वर्ष उपलब्धिमुलक र उत्साहजनक भएको निष्कर्ष निकालेको छ । असार १५ गते पहिलो वार्षिकोत्सव तथा दहि चिउरा खाने कार्यक्रमको आयोजना गरि फर्बिडले उक्त जानकारी दिएको हो । 
    सोहि अवसरमा अध्ययनका लागि जापान जान लागेका १५ जना विद्यार्थीलाई बधाइ तथा शुभकामना सहित विदाई दिइएको थियो । बनेपा फर्बिड्ले जापान, अष्ट्रेलिया, युके, क्यानडा लगायतका मुलुकमा अध्ययनका लागि विद्यर्थी पठाउने गरेको प्रमुख व्यवस्थापक नवराज फुँयालले जानकारी दिनुभयो । नवराज फँुयाल, सरस्वती तिमल्सिना, रामचन्द्र केसी र अमन केसीले फर्बिडमा जिम्मेवारी सम्हालिरहनुभएको छ । राम्रो नतिजा र सहज प्रकृयानै फर्बिड्को विशेषता रहेको विद्यार्थीले प्रतिकृया दिएका छन । ६५ भन्दा बढी विद्यार्थीले विभिन्न मुलुक जानका लागि तयारी गरिरहेका प्रमु्ख व्यवस्थापक फुयाँलले जानकारी दिनुभयो । यस्तै सरस्वती तिमल्सिनाले विद्यर्थीको विश्वास नै आफुहरुको उपलब्धि भएको बताउनुभयो । सञ्चालक अमन केसीका अनुसार १० वटा जिल्लामा फर्बिड्का १२ वटा शाखा रहेका छन । सफल नतिजा दिनेगरी काम गरिरहेको उहाँको भनाई छ ।