पनौती/पनौतीमा रहेको रोशी बचत तथा ऋण सहकारी संस्थाले गोलभेडाको सस र प्युरी बनाउने तालिम दिएको छ । रोशी साकोसको शुर्यविनायक महिला समुहको संयोजनमा भएको उक्त तालिममा संस्थाका अध्यक्ष राजेश सुन्दर सैजुको सभापतित्व रहेको थियो भने पनौती नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सविन ताम्राकारको प्रमुख आतिथ्यता रहेको थियो ।
प्रमुख प्रशिक्षक सोभा राजभण्डारीले सस र प्युरी बनाउने तालिम दिनुभएको हो । संस्था अन्तर्गत रहेका बिभिन्न महिला समुहबाट ३० जना महिलाहरु तालिममा सहभागि थिए । पछिल्लो समय सस्तोमा बजारमा पाउने कम गुणस्तरीय ससको प्रयोग अत्याधिक हुन थालेको प्रशिक्षक राजभण्डारीले बताउनुभयो । गुणस्तरहिन खानेकुराले स्वास्थ्यमा गम्भिर असर गर्ने भन्दै उहाँले केमिकल प्रयोग नगरि ६ महिना सम्म केहि नहुने खालको सस र प्युरी बनाउने सिकाइएको बताउनुभएको छ । कम लागतमा धेरै भन्दा धेरै उत्पादन गर्न सक्ने सस बजारमा १६० रुपैयाँ पर्ने भन्दै उहाँले ससलाई घरमा आफैले बनाउदा २० देखी ३० रुपैयामा तयार पार्न सक्ने जानकारी दिनुभयो । संस्थाका अध्यक्ष सैंजुले संस्थाबाट धेरै महिलालाई आत्मनिर्भर बनाउन विभिन्न तालिम दिइरहेको बताउनुभएको छ । वडा अध्यक्ष ताम्राकारले वडाले पनि आगामी दिनमा महिला हरुलाइ आत्मनिर्भर बनाउने कार्यक्रम तय गर्ने प्रतिवद्धता जनाउनुभएको छ । यसका लागि रोशि साकोस सङग सहकार्य गरेर कार्यक्रम गर्ने उहाँको भनाई छ ।









