2026 April 26/ 05:55: 34pm

धुलिखेल/धुलिखेल नगरपालिकामा जेष्ठ नागरिक समिति गठन भएको छ । धुलिखेल नगरपालिका लैङ्गिक विकास तथा समाज कल्याण शाखाको आयोजनामा आयोजित कार्यक्रममा अन्तरपुस्ता सीप हस्तान्तरण गरिएको थियो । बालबालिकाहरु र जेष्ठ नागरिक सँगै राखेर अनुभव तथा सीप हस्तान्तरण गरिएको थियो । 
    उपप्रमुख निराजन जंगम, प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र थापा मगर, शाखा अधिकृत पुजा काफ्ले लगायतले जेष्ठ नागरिकहरुको सीपलाई पुस्तान्तरण गर्न कार्यक्रम महत्वपूर्ण हुने बताउनु भयो । कार्यक्रममा नेपाल सरकारका पुर्व सचिव रत्नकाजी बज्राचार्यले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । धुलिखेल नगरपालिकामा ३ हजार ६ सय ६८ जनाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका छन् भने ६८ वर्ष भन्दा माथी उमेर समुहका २ हजार १ सय ८३ जना छन् । त्यस्तै जेष्ठ नागरिक दलित, एकल महिला ६० वर्ष कटेका ४ सय ६१ जना छन् । एकल महिला र दलित जेष्ठ नागरिकहरुले २६६० र जेष्ठ नागरिकहरुले मासिक ४ हजार रुपैया पाउँदै आएका छन् । समितिमा १२ वटै वडाको प्रतिनिधित्व रहेको छ ।